पार्टीको आधारभूत तहमा रहेका सबै बिकृति अन्त गर्छ : बोहोरा

शेयेर गर्नुहोस


टीकापुर २१ फागुन /
नेकपा एमालेका केन्द्रिय सदस्य कमला बाहोराले पार्टीद्धारा सञ्चालित मिसन ग्रासरुट अभियानबाट पार्टी जनताको घरदैलोमा पुग्नसक्नु पर्ने बताउनुभएको छ ।
अभियान अन्तरगत आज जानकी गाउपालिका वार्ड नं.८ भोक्सीमा आयोजित अगुवा कार्यक्रता भेलालाई सम्बोधन गर्दै बोहोराले पार्टीको तहका सबै कमिटीमा बिद्धमान सबै खाले बिकृति र विसंगतिलाई अन्त गर्दै पार्टीलाई देश र जनताको पार्टी बनाउनु अहिलेको आवश्यकता भएको बताउनु भयो ।
भोलामा बोल्दै एमालेका अर्का केन्द्रिय सदस्य कमला ओलीले चुनावका बेला भएका सबै खाले कमजोरीको अभियानका क्रममा सुष्म अध्यान गरेर वस्तुगत आवश्यकताका आधारमा आवश्यक निर्णय लिन सक्नु पर्ने बताउनु भयो ।
केन्द्रिय सदस्य ओलीले समाजमा राम्रो छवि बनाएका तर अरु पार्टीमा रहेका असल मान्छेहरु एमालेले पार्टीमा समेट्नका लागि समेत पाटपर्् पंति लाग्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै एमालेका सुदुरपश्चिम प्रदेश कमिटीका सदस्य मातृका तिमिल्सैनाले पार्टीले ५ दलिय गठबन्धनका बिरुद्ध एक्लै चुनाव लड्नु पर्दा बटुलेका तिता मिठा सबैखाले अनुभवलाई वस्तुनिष्ठ विश्लेषण गरेर पार्टी संगठनलाई तदअनुरुप सञ्चालन गर्न सक्नु पर्नेमा जोड दिनुभयो ।
तिमिल्सैनाले चुनावका बेला पार्टीका उम्मेद्धारका बिरुद्ध पार्टीका नेता कार्यक्रताबाट भएका घातहरु अक्षम्य भएको बताउदै त्यस घटनालाई लाई समयमा नै निरुत्साहित गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा नेकपा एमालेका कैलाली जिल्ला सचिवालय सदस्य दलबहादुर बिष्टले पार्टीले अहिले चलाएको मिसन ग्रासरुट अभियानले पार्टी जिवनमा नयाँ उत्साह आएको बताउनु भयो ।
एमालेका जिल्ला सचिवालय सदस्य तथा जानकी वार्ड नं.८ का वडाध्यक्ष तिर्थराज उपाध्यायले पार्टीका स्थानिय कमिटी र जनप्रतिनिधिका बिचमा समन्वय भएर काम हुनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटी सदस्य तथा जानकी गाउ पालिकाका इन्चार्ज ललित परियारले अभियानका क्रममा पार्टी सबै जनताको घर सम्म पुग्नु पर्ने बताउनु भयो ।
नेकपा एमाले जानकी गाउ कमिटीका अध्यक्ष खकेन्द्र भण्डारीले पार्टी भित्र देखिएका साँगठनिक अराजकता र अवसरवादी सोचहरु समयमै निरुत्साहित गर्न सक्नु पर्ने बताउनुभयो ।
एमाले जानकी वार्ड नं. ८ वार्ड कमिटीका उपाध्यक्ष हर्क वि.क.को अध्यक्षतामा भएको कार्यक्रमको संचालन गिता चौधरी र स्वागत विष्णदेवी सुनारले गर्नु भएको थियो ।
विस्तारित भेलाले झपट बहादुर प्रेमीको अध्यक्षतामा १७ सदस्यीय वार्ड कमिटी गठन गरेको छ ।
कमिटीको उपाध्यक्ष र सचिवमा हर्क वि.क. र बलराज गिरी रहनुभएको छ भने उपसचिवमा विष्णा सुनार र राजेश चौधरी रहनु भएको छ ।
यस्तै सदस्यहरुमा बालकृष्ण घर्ती, हर्कबहादुर रावल, प्रेमलाल कठरिया, विक्की थारु, निराजन उपाध्याय, रमिता चौधरी, सारदा पण्डित, मनसरा सुनार,चाहाना वि.क., हर्क बहादुर शाह, हिरासिंह चौधरी र रुपलाल चौधरी रहनु भएको छ ।
नव गठित कमिटीका पदाधिकारी र सदस्यहरुलाई पार्टीका केन्द्रिय सदस्य कमला बोहोराले सपथ गराउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *