बाख्रापालन तालिम सम्पन्न

शेयेर गर्नुहोस


खेमराज पाण्डे , भजनी २९ पुस/
भजनी नगरपालिकामा तीन दिने व्यावसायिक बाख्रा पालन तालिम बुधबार सम्पन्न भएको छ ।
भजनी नगरिपालिकाको पशु शाखाको आयोजना भएको व्यवसायिक बाख्रा पालन तालिममा २२ जनाको सहभागिता रहेको थियो । समुदायमा युवाहरूलाई जिविर्कोजनमा सहयोग गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको बताउँदै पशु सेवा शाखा संयोजक हरिलाल जैशीले समुदायका युवा तथा व्यावसायिक रुपमा बाख्रा पालन गर्न चाहनेहरुलाई बाख्रा पालन व्यावसायिक रुपमा आत्मर्निभर बनाउने लक्ष्य रहेको बताएका छन् ।
उनले स्वदेशमै बसेर व्यवसायगर्न सकिने ,तालिमलाई छलफलका विधिबाट सिकाउने प्रयास गरेको बताउँदै कृषि र पशु पालनबाट राम्रो आम्दानी गर्न सकिने र त्यसमा सरकारको लगानी पनि राम्रो रहेकोले त्यसको फाइदा लिन आग्रह समेत गरेका छन् । कार्यक्रमका नगरपालिका योजना शाखा अधिकृत झनकराज ओझा, प्रसाशन अधिकृत पूर्ण प्रसाद जोशी लगायतले शुभकामना मन्तव्य राखेका थिए । तालिमको सहजीकरण तथा प्रशिक्षक भजनी नगरपालिका पशु स्वास्थ्य प्रविधिक त्रिलोक नाथ चौधरी र पशु स्वास्थ्य प्रविधिक रमेश राज रेग्मीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *