बाढीका कारण बिच्छेद भएको सडक जोड्ने काम सुरु

शेयेर गर्नुहोस


झलनाथ खनाल,
अछाम १८ भाद्र/
यहि भाद्र २ गते आएको बाढीका कारण सम्पर्क टुटेको जयगड माझेठाना रामारोशन सडक खण्डको काम सुरु भएको छ।
सडक खण्ड अन्तर्गत सेरी बगर देखि मुजाबगर सम्मको सडक सुचारुका लागी काम थालिएको हो। बाढीका कारण अधिकांश ठाउमा सडक अबरुद्ध हुदा पैदल यात्रा समेत गर्न कठिन भएको अबस्थामा सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहरा, रामारोशन गाउँपालिका र पुर्बाधार बिकास कार्यालय अछामको समन्वयमा तत्काल सडक मर्मत गरेर यातायात संचालनको लागि काम सुरु भएको बताइएको छ। करिब ६ किलोमिटर सडक मध्ये ५ किलोमीटर सडक बाढीले पुर्ण रुपमा बगाएको छ भने पहिलेको अधिकांश सडकबाट अहिले कैलाश खोला बगिरहेको छ। सडक बाढीले बगाउँदा पैदल यात्रा गर्न समेत कठिन भएको छ।
गाउँपालिकाको कार्यालय रहेको मुजाबगरसम्मका लागि अहिले लामो दुरि मंगलसेन ठाटिखाद तालि हुँदै मुजाबगर जानू पर्ने बाध्यता रहेको छ। अल्पकालीन सडक निर्माण कैलाश खोलाको पानीलाई पुनारै धारमा डाइभर्ट गरि सडक सुचारु गर्न लागिएको हो। सडक निर्माण भए लामो दुरीको यात्रा गर्नु पर्ने बाध्यता केही समयको लागि अन्त्य हुने छ भने दैनिक उपभोग्य बस्तुको मूल्य वृद्धिमा समेत कमि आउने आशामा गाउँपालिका बासी रहेका छन।
खोलाको किनारबाट अल्पकालीन समस्या समाधानका लागि सडक सुचारु गर्ने काम सुरु भएको पुर्वाधार बिकास कार्यालय अछामका प्रमुख जंगबहादुर थापाले जानकारी दिएका छन।” दीर्घकालीन रुपमा नभई अत्यावश्यक बस्तुको अभाव हुन नदिनका लागि अल्पकालीन रुपमा खोलाको किनारबाट सडक संजाल जोड्ने काम भइरहेको छ।” कार्यालय प्रमुख थापाले भने,” दीर्घकालीन रुपमा भने सडक निर्माणको काम अहिलेकै अबस्थामा सुरु गर्न सकिने अबस्था छैन। त्यसका लागि भुगोलबिदलाई बोलाएर अध्ययनपछि मात्र भन्न सकिने अबस्था छ।”
उनले राज्यले खोलाबाटै आरसिसी गरेर ठूलो रकम खर्च गर्न सके मात्र दीर्घकालीन सडक निर्माण हुनसक्ने भन्दै सामान्य खर्च सडक निर्माण हुन नसक्ने बताएका छन।” सजिलो र छोटो दुरीका लागि जयगड रामारोशन सडक एकमात्र विकल्प हो। यस्मा तिनै तहको सरकारको समन्वयले मात्र अब सम्भव छ।” कार्यालय प्रमुख थापा भन्छन, ” पुरानो स्टिमेटले केही काम हुन सक्दैन। सर्वदलीय र सवपक्षिय छलफल बिना अगाडि बढ्न सकिने अबस्था पनि छैन।”
पुर्वाधार बिकास कार्यालय अछामले बाढीले क्षति पुर्याएको सडकको अनुगमन गरेको बताउदै थापाले यहि अबस्थामा सडक निर्माणको कार्यलाई निरन्तरता दिदा भोलि पुनः बाढीले सडक बगाउदा त्यस्को जिम्मेवारी कस्ले लिने भन्ने प्रश्न समेत उठेको बताए।” सडक कालोपत्रेकालागी ठेक्का सम्झौता भएको छ।ठेकेदार कम्पनीले पुरानै स्टिमेटमा सडक त बनाउला। थापाले भने, ” भोलि फेरि बगायो भने त्यस्को जिम्माअ कस्ले लिने? ठेकेदारले गरेको कामको पनि क्षति हेरेर बिमा कम्पनीले पनि एकपटक मात्र भुक्तानी गर्ने हो।”
सडक कालोपत्रेको जिम्मा पाएको ए एन के जयदेबि जेभी नेपालगन्जले पनि सम्झौता भएको सडक निर्माण सम्पन्न गर्नु आफ्नो कर्तव्य भएको जानकारी दिएको छ।कम्पनिका साइड इन्चार्ज बिरेन्द्रबहादुर शाहीले सडक पुरानै स्टिमेटमा निर्माण गर्ने कि नया स्टिमेट बनाएर सडक निर्माणको काम गर्ने भन्ने एकिन भएपछी मात्र काम सुरु गर्न सकिने बताएका छन। उनले अल्पकालीन सडक सुचारु गर्ने काम भए पनि त्यसबाट नै दीर्घकालीन सडक बनाउन नसकिने भन्दै केही आवागमनलाई सहज बनाउनको लागि मात्रै काम थालिएको बताएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *