बाढी पीडितलाई राहत वितरण

शेयेर गर्नुहोस


समाधान समाचार,
भजनी १७ भाद्र/
कैलालीको भजनी नगरपालिका वडा नं.८ खल्लाटोलका बाढीपीडित राहत वितरण गरिएको छ।
५० घरपरिवारलाई चामल १५ केजी, दाल ३ केजी, तेल २ लिटर, नुन १ केजी, माग १ थान, तौलोया १ थान, बल्टीन १ थान, साबुन १ पिस, म्याट २ थान, कोलगेट १ पुस, ब्रस १ पिस राहत भजनी नगरपालिकाका नगर प्रमुख शेर बहादुर चौधरी वितरण गरेका हुन । भजनी नगरपालिकाको समन्वयमा निड्स नेपाल कञ्चनपुरले उक्त राहत सहयोग गरेको थियो ।
बाढी पीडितहरु लाई राहत वितरण कार्यक्रम निड्स नेपाल कञ्चनपुरका उपाध्यक्ष लोकेन्द्र प्रसाद जोशीको अध्यक्षतामा भएको उक्त राहत वितरण कार्यक्रमको प्रमुख अतिथि भजनी नगरपालिका कैलालीका नगर प्रमुख शेर बहादुर चौधरी रहेका थिए।कार्यक्रममा भजनी नगरपालिका वडा नं.२ का वडाअध्यक्ष दुर्गा पुन, वडा नं.८ वडाअध्यक्ष पंकज चौधरी, वार्ड सदस्य कृष्णलाल धमाला,प्रहरी चौकी जनकपुर प्र.स.नि.यज्ञ राज खड्का, नेकपा भजनी नगर अध्यक्ष छोटेलाल चौधरी र स्थानिय पत्रकार खेम राज पाण्डे को उपस्थित रहेको थियो भने कार्यक्रमको सञ्चालन रविन्द्र देवकोटाले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *