बालमैत्री स्थानीय म शासन सम्बन्धि अभिमुखीकरण

शेयेर गर्नुहोस


खेमराज पाण्डे, भजनी ०७ साउन /
कैलालीको भजनीमा बालमैत्री स्थानीय शासन सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
भजनी नगरपालिकाको आयोजना, वर्ल्ड भिजन ईन्टरनेशनल नेपाल र बाल कल्याण सङ्घको आर्थिक तथा प्राबिधिक सहयोगमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा भजनी नगरपालिकाका जनप्रतिनिधि, विषयगत शाखाका प्रमुख र कर्मचारीहरूको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा बाल अधिकार बालबालिकामा लगानी किन, बालमैत्री स्थानीय शासनको अवधारणा, यसका चरण,सूचकहरू र प्रतिफलका विषयमा छलफल भएको थियो । छलफल पश्चात् बालमैत्री स्थानीय शासन कार्यपालिकाको बैठकबाट अवलम्बन गर्न, वडा छनौट गर्ने, बाल कल्याण अधिकारी तोक्ने र जिम्मेवारी दिने, बालमैत्री शाखा र सम्पर्क व्यक्ति तोक्ने, बालबालिकाहरूको प्रोफाइल तयार गर्ने, स्थानीय बालमैत्री सम्बन्धी अभिमुखीकरण कार्यक्रम संचालन गरिएको थियो ।
बालबालिका सम्बन्धी योजना निर्माण र सरोकारवाला निकायको पहिचान तथा संजाल गठन जस्ता विषयवस्तुमा बालमैत्री स्थानीय शासनको तयारीको लागि पालिका स्तरीय कार्य योजना समेत उक्त तालिममा जनाइएको छ । एकीकृत बाल संरक्षण तथा सामुदायिक सहभागिता परियोजना संचालन भएको भजनी नगरपालिकालाई बालमैत्री स्थानीय शासन अवलम्बन गर्न र बालमैत्रीयुक्त वडा बनाउनमा नगरपालिका प्रतिबद्ध भएको जनाइएको छ ।
त्यसका लागी आर्थिक र प्राबिधिक सहयोग गर्न वर्ल्ड भिजन ईन्टरनेशनल नेपाल , बाल कल्याण सङ्घ टीकापुरलाई अनुरोध गर्दै आर्थिक वर्ष २०८३/२०८४ मा भजनी नगरपालिकालाई बालमैत्री वडा घोषणा गर्ने नगरपालिकाले प्रतिबद्धता जनाएको छ । कार्यक्रममा बाल कल्याण सङ्घका कार्यक्रम प्रोग्राम अफिसर किसन कसरा र कर्मचारी सरस्वती बुढा,कैसिला चौधरीको समेत उपस्थिति रहेको थियो । एक दिन सम्म सञ्चालन भएको कार्यक्रमको सहजीकरण वर्ल्ड भिजन ईन्टरनेशनल नेपाल मंगल शाह र बाल कल्याण संघ टीकापुर किसन कसरा र राधिका गिरीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *