टीकापुर उद्योग वाणिज्य संघको चुनावी सरगर्मी बढ्यो

शेयेर गर्नुहोस


टीकापुर ०६ भदौ /
टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको नेतृत्व चयन पछि टीकापुर उद्योग वाणिज्य संघको नयाँ आउने नेतृत्वको विषयमा चर्चा हुन थालेको छ ।
तीन वर्षे कार्यकालका लागि यहीँ भदौ १५ गते ११ चुनावी साधारण सभा हुँदैछ । नेतृत्व चयनका लागि आकांक्षीहरुले आफू अनुकुलको माहोल बनाउन थालेका छन् । नेतृत्व आफ्नो पक्षमा पार्नका लागि व्यापारीहरुका माझमा व्यवसायी मैत्री एजेण्डा व्यापारीले राख्न सुरु गरेका छन् । विभिन्न पदका आकांक्षीहरुले आफ्नो उम्मेदवारी सार्वजनिक गर्न थालेका छन् ।
यसपटक संघको निर्वाचनमा दुई प्यानल चुनावी मैदानमा देखिने सम्भावना छ । वर्तमान दुईजना उपाध्यक्ष जैमिनी अटोमोटिभ्स कम्पनी लिमिटेड टीकापुरका सञ्चालक कृष्णप्रसाद उपाध्याय बजगाई र टीकापुर गार्डन् डिपार्टमेन्ट सेन्टरका सञ्चालक सन्तोष खड्का । सन्तोष खड्काले आफ्नो अध्यक्षमा उम्मेदवारी रहेको सार्वजनिक नै गरिसकेका छन् । बजगाईले सामाजिक सञ्जाल मार्फत सार्वजनिक नगरे पनि व्यापारीका माझमा उनी सार्वजनिक भैसकेका छन् ।
उपाध्यक्षमा हेमन्त रावलले आफ्नो उम्मेदवारी सार्वजनिक गर्दा तपेन्द्र कुँवर पनि उम्मेदवारी दिने तयारीमा छन् भने दिपेन्द्र रावल पनि उपाध्यक्षको आकांक्षी छन् । महासचिवमा तीन अनुसार बाहिर देखिएका छन् । जसमा प्रकाश तिमिल्सिना र पृथ्वीराज ढुंगाना छन् अर्का जनक राज तिमिल्सिना पनि महासचिवका लागि लागेका छन् । सचिवमा प्रकाश शाहले इच्छा जहेर गरेका छन् ।
विगत लामो समयदेखि व्यापारीहरुको हकहितमा काम गर्न सक्ने क्षमता भएको नेतृत्व चयनको बहस निर्वाचनको समयमा पेचिलो बनेर उठ्ने गरेको छ । त्यहीँ बहस यतिबेला व्यापारीहरुका माझमा उठ्न थालेको छ । संघको उद्देश्य माथी नै शंका गरिरहेका व्यापारीहरु संघको नेतृत्वमा वास्तविक व्यापारी आउनुपर्ने धारणा राख्छन् । “हामीलाई व्यापारीको पिर मर्का बुझ्ने व्यापारी नै नेतृत्वमा आओस् भन्ने चाहना हो ।” स्थानीय व्यापारी सुरेन्द्र चौधरी भन्छन्, “यसभन्दा पहिले नेतृत्वमा आउने अनि राजनीति गर्ने जस्तो मात्रै भएको छ ।”
संघमा पुग्ने नेतृत्वले महोत्सव भन्दा अरु काम गर्न नसकेको आरोप पनि लाग्ने गरेको छ । व्यवसाय दिनप्रतिदिन कम्जोर बन्दै जाँदा संघले आवश्यक सक्रियता नदेखाएको गुनासो व्यापारीहरुले पोख्दै आएका छन् । निर्वाचनको बेला मात्रै नहुँदा एजेण्डा बनाउने र कार्यान्वयन गर्दा सबै बिर्सने गरेको पाइन्छ ।

ताजा खबर

शुक्रबारदेखी भर्ना अभियान सुरु

एक वर्ष अगाडि सकिँदै पुलको काम

Leave a Reply

Your email address will not be published. Required fields are marked *