बेपत्ता शाहीको शव भेटियो

शेयेर गर्नुहोस

समाधान समाचार /टीकापुर, १६ /साउनबाढीमा बगेर बेपत्ता थप एक व्यक्तिको शव भेटिएको छ ।
बेपत्ता भजनी नगरपालिका–८ काँडाका ४२ वर्षका इश्वर शाहीको शव आज बिहान साढे आठ बजेतिर भेटिएको हो । उनको शव स्थानीयले भेटेका हुन । इलाका प्रहरी कार्यालय भजनीका इञ्चार्ज प्रहरी निरिक्षक जनक धामीले घटनास्थलबाट झण्डै एक किलोमिटर दक्षिण रुखमा अड्किएको अवस्थामा शाहीको शव भेटिएको जानकारी दिए । उनी भजनी नगरपालिका–८ सुनाहाफाँटा नजिकैबाट बेपत्ता भएका थिए । आफन्तका अनुसार उनी टीकापुर नगरपालिका–१ ब्लक नं. ६ मा बस्दै आएका थिए । भजनी नगरपालिका–८ काँडामा रहेका परिवारका सदस्य बाढीमा फसेको खबर पाएपछि उद्दारका लागि त्यसतर्फ जाने क्रममा दुर्घटना भएको हो । उनीसँगै बेपत्ता भएका अर्का चक्र विकको अवस्था अझै अज्ञात रहेको छ । उनको खोजी कार्य जारी रहेको इञ्चार्ज प्रहरी निरिक्षक धामीले जानकारी दिएका छन ।
मृतक शाही र बेपत्ता विकसँगै हेमन्त शाह र बिक्की शाह समेत बाढीमा बगेका थिए । उनीहरु दुईजनाको स्थानीय र प्रहरीले उद्दार गरेका थिए । उनीहरु सबै भजनी नगरपालिका–८ काँडामा रहेका परिवारको उद्दार गर्न हिँडेका थिए । बाढीमा बगेर बेपत्ता भएका अर्का भजनी नगरपालिका–८ जनकपुरका ९ वर्षका बालक स्केल चौधरीको शव हिजै भेटिएको थियो । नेपाली सेनाको उद्दार टोलीले बालक चौधरीको शव घटनास्थल भन्दा तल भेटेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *