भृकुटीको १२औं बार्षिकोत्सव सम्पन्न

शेयेर गर्नुहोस


टीकापुर १३ फागुन /
भृकुटी शिक्षा सदनको १२औं बार्षिकोसव तथा अभिभावक भेला सम्पन्न भएको छ ।
शुक्रबार भएको बार्षिकोत्सव कार्यक्रमा संस्थापक तथा समाजसेवी भैरव रावलले विद्यालयको शैक्षिक गुणस्तरको लागि विद्यालयको भौतिक संरचना तयार गरेको सँगै विद्यार्थीहरुलाई शान्त र सुन्दर वातावरणमा उचित शिक्षा दिइरहेको बताएका छन् । उनले विद्यालयको शैक्षिक विकासमा सम्पुर्ण अभिभावकले सहयोग गर्नुपर्ने बताउँदै विद्यार्थीहरुको शैक्षिक गुणस्तरमा अभिभावकले गरेको विश्वास टुट्न नदिने पनि प्रतिवद्धता व्यक्त गरे ।
रावलले विद्यालयको प्रशासनिक तथा शैक्षिक गुणस्तरका लागि भुपु अंग्रेजी विषय शिक्षक राजपुत नर बहादुर शाहलाई विद्यालयमा नयाँ प्रिन्सिपलको रुपमा नियुक्त गरिएको बताएका छन् । कार्यक्रममा पत्रकार दुर्गा देवकोटाले विद्यालयमा भौतिक संरचना प्रयाप्त भएसँगसँगै शैक्षिक गुणस्तरमा पनि जोड दिनुपर्ने बताइन् ।
कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई सम्मान गरिएको थियो भने उत्कृष्ट अभिभावक ललिता शाह र उत्कृष्ट विद्यार्थी सम्झना चौधरी र आयुष रिजाललाई सम्मान गरेको थियो ।
कार्यक्रममा वीरेन्द्र विद्या मन्दिरका शिक्षक पहलमान खत्री, पत्रकार शेर बहादुर विष्ट, रेजी कुँवर, विद्यार्थी सागर संज्याल, रोशन जैशी लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।
कार्यक्रमको सभाध्यक्ष अध्यक्ष तथा संस्थापक रंग प्रसाद अधिकारीले विद्यार्थी काचो माटो सरह हुने भएकोले विद्यार्थीलाई सही बाटो तर्फ डोर्‍याउने शिक्षक र अभिभावकले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका छन् । उनले आगामी दिनमा आधुनिक युग परिवर्तन सँगै डिजटल प्रणालीमा लगेर विद्यार्थीहरुको कार्य विवरण, आएगएको, विद्यालयभित्रको कार्य समेत निगरानीमान राख्न सकिने बताए ।
शिक्षिक बसन्ती फुलाराले स्वागत गरेको कार्यक्रमको संचालन शिक्षक पहल धामीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *