मोबाइलको गलत प्रयोगले युवाहरुमा विकृति बढ्दो

शेयेर गर्नुहोस


टीकापुर २४ जेठ /
युवाहरूलाई मनोपरामर्श तालिम तथा जनचेतनामूलक सडक नाटक मंगलबार सम्पन्न भएको छ ।
टीकापुर नगरपालिका वडा नं.६ को आयोजना तथा सिर्जनशील युवा समाज नेपाल गुडिमुन्टे समुहको संयुक्त सहजीकरणमा वडा नं. ६ को राष्ट्रिय माध्यमिक बिधालय वेलुवामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सत्ती प्रहरी चौकीका इन्चार्ज मीन बहादुर साउँदले कुनै पनि लत लागिसकेपछी त्यसबाट उम्कन निकै मुस्किल हुने बताउँदै त्यसको लतमा नलाग्नु नै उत्तम हुने बताएका छन् ।
“कुन कुराले जीवनलाई सुन्दर बनाउँछ र कुन कुराले अन्धकार भन्नेमा हामी सबै जानकार हुन्छौं । आज मात्रै भोलि मात्रैले हाम्रो जीवनलाई लगत बाटोमा लिएको पत्तो हुँदैन । साउँद भन्छन्, “भविष्य हाम्रो हो । त्यसको जिम्मेवारी हामीमा हुन्छ । गलत कुरालाई नाई भन्न नसक्नु नै हाम्रो सबैभन्दा ठूलो कमजोरी हो ।” उनले दिनभर गरेका कैयौं नराम्रा कामहरुलाई एइटै राम्रो कामले पाखा लगाउने भन्दै समुदायको वास्तविक घटनालाई यथार्थ रुपमा बोल्ने सजिलो माध्यम नाटक भएकोले समुदायका लागि नाटक मार्फत चेतना फैलाउन सजिलो हुने बताएका छन् ।
बिधालयका प्रधानाध्यापक रामप्रसाद चौधरीले मोबाइलको गलत प्रयोगले युवाहरुको भविष्य अन्योलमा पर्दै गएको बताउँदै सामाजिक सञ्जालका कारण कैयौं बर्बाद भएको बताएका छन् उनले अहिले मानसिक रुपमा जति पनि पीडा भैरहेको छ, त्यसको प्रमुख कारण मोबाइल वा समाजिक सञ्जाल भएको बताए । “मनो समस्यामा धेरै युवाहरू छन् । त्यसको मुख्य असर मोबाइल पनि हो । मोबाइलको गलत प्रयोगले युवाहरुमा नकारात्मक प्रभाव पार्दै गएको छ ।” प्रधानाध्यापक चौधरीले भने, “त्यसले अध्ययनमा पनि ठूलो क्षती पुर्याउँदै आएको छ । त्यसमा अभिभावक जिम्मेवार हुन सकेपछि मात्रै नियन्त्रण गर्न सकिने स्थिति छ ।
तालिमको सहजीकरण गर्दै प्रशिक्षक झलनाथ खनालले गलत संगत र देखासेखीले युवाहरूलाई उल्झनमा पारेको बताएका छन् । उनले अरुले गरेको सिको गर्ने युवाहरूको जमात बढ्दो रहेको बताउँदै त्यसलाई नियन्त्रण गर्न पनि आवश्यक रहेको बताएका छन् । “काम छैन । भएको काम गर्ने जागर छैन । दिनभर सामाजिक सञ्जालको प्रयोग भएपछि दिमागले अरु कुरा सोच्ने र नयाँ रचनात्मक कुराको विकास हुने कुरै भएन ।” खनालले भने, “त्यसका लागि युवाहरूलाई व्यस्त बनाउन सक्नु पहिलो कुरा हो । त्यसपछि जुन अहिले युवाहरूमा विदेशको हुटहुटी छ त्यसको विकल्प खोज्न सक्नुपर्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *