रेडक्रसको उप कोषाध्यक्षमा भण्डारी विजयी

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर ३१ साउन/
नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखाको सहमति जुट्न नसकेका पदमा सोमबार भएको निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ ।

मत परिणाम अनुसार उपकोषाध्यक्ष पदमा सञ्जय राज भण्डारी ३१२ मत प्राप्त गरेर विजयी भएका छन । उनका प्रतिस्पर्धी अमर रावल डम्मरले १२१ मत प्राप्त गरेका छन ।

त्यस्तै चार खुल्ला सदस्यहरुका लागि भएको निर्वाचनमा नारायण न्यौपाने, नवराज साउँद, हरिराम चौधरी र युवराज शर्मा विजयी भएका छन । न्यौपानेले ३१२, साउँदले ३०६, चौधरीले २८५ र शर्माले २७६ मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ । सदस्य पदका उम्मेदवार रहेका चेतन रावलले २४५ र प्रेम विकले १४६ मत पाएका छन । उनीहरु दुवैजना पराजित भएका छन । ९३६ मतदाता रहेकोमा ४६४ मत खसेको निर्वाचन समितिले बताएको छ ।

संस्थाको पदाधिकारीहरुमा भने यसअघि नै सहमति जुटेको थियो । सहमति अनुसार सभापतिमा दत्तबहादुर बिष्ट, उपसभापतिमा मिना कुँवर रावल, सचिवमा धर्मराज शर्मा, कोषाध्यक्षमा लालबहादुर रावल र उपसचिवमा टेकराज बिनाडी निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ । एक महिला सदस्यमा सिलु खतिवडा निर्विरोध निर्वाचित भएकी छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *