लागुऔषध सहित तीन पक्राउ

शेयेर गर्नुहोस


टीकापुर २० फागुन /
टीकापुरबाट लागुऔषधसहित एकै दिन तीन जना पक्राउ परेका छन्।
शनिवार प्रहरीले तीन युवक पक्राउ परेका हुन्।प्रदेश प्रहरीका अनुसार टीकापुर नगरपालिका वडा नं. ८ श्रीलंकाबाट २६ वर्षीय सुवास गौतम पक्राउ परेका छन्। बर्दियाको राजापुर नगरपालिका वडा नं. १० का गौतम ११० मिलिग्राम लागुऔषधसहित पक्राउ परेका हुन्। इलाका प्रहरी टीकापुरको टोलीले उनलाई पक्राउ गरेको हो।
त्यस्तै जानकी गाउँपालिका वडा नं. ७ बाट २० वर्षीय विनायक चौधरी र विक्रम ओड लागुऔषधसहित पक्राउ परेका छन्। उनीहरूको साथबाट तीन सय मिलिग्राम लागुऔषध फेला परेको छ। शनिवार साँझ इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *