वडाले गर्‍यो जेष्ठ नागरिकलाई सम्मान

शेयेर गर्नुहोस


टीकापुर २४ जेठ /
टीकापुर नगरपालिका वडा नं. १ ले जेष्ठ नागरिकहरूलाई एक कार्यक्रमको आयोजना गर्दै सम्मान गरेको छ ।
वडा भित्र बसोबास गर्दै आएका ७३ देखि ७४ वर्ष उमेर समुहका जेष्ठ नागरिकहरूलाई वडा कार्यालयले सम्मान गरेको हो । वडाले चालू आर्थिक वर्षको विनियोजित बजेटबाट एक सय जना जेष्ठ नागरिकहरूलाई एउटा टर्च लाइट, गम्छा र सुफानेट झुल प्रदान गर्दै सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा वडा अध्यक्ष मोहन लुहार विकले जेष्ठ नागरिक समाजका लागि मार्गदर्शक भएको उल्लेख गर्दै वडाले बर्सेनि जेष्ठ नागरिकहरूको सम्मान स्वरुप कार्यक्रम गर्दै आएको बताएका छन् । “हाम्रा लागि जेष्ठ नागरिक अभिभावक हुन । उहाँहरुबाट समाजको विगतको इतिहास बुझ्ने र ग्रहण गर्ने आधार प्राप्त हुन्छ ।” उनले भने, “जुन समुदायमा हामी छौं, त्यसलाई समुदायको रुपमा रुपान्तरण गरेर समाज बनाउने कार्यमा जेष्ठ नागरिकहरूको भुमीकालाई हामी भुल्नु हुँदैन ।”
कार्यक्रममा वडा अध्यक्ष विकले जेष्ठ नागरिकहरुले बालबालिका प्रती उत्तरदायी बन्दै अभिभावकिय भुमिका निर्वाह गर्न पनि आग्रह गरेका छन् । अहिलेको पुस्ता लागुऔषध दुर्व्यसनी लगायतका कुलतमा फस्दै गएको स्मरण गराउंदै उनले उनीहरूलाई पुराना कुराहरू सुनाउने, त्यो बेलाको संघर्ष र इतिहासको पाठ पढाउन आवश्यक रहेको बताएका छन् । “हाम्रो विगतको इतिहास अहिलेको पुस्तालाई थाहा छैन । त्यसमा जेष्ठ नागरिकहरूले सिकाउनुपर्छ ।” उनले भने, “होइन भने पुरानो संस्कार अनि संस्कृति हराएर जान सक्छ ।” उनले वडा कार्यालय सधै जेष्ठ नागरिकहरूको अभिभावकको रुपमा उभिने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
वडा सचीव तारा बिक्रम रानाले सञ्चालन गरेको कार्यक्रममा वडा सदस्य गणेश धर्तीमगर, सवइन्जिनियर गम्भीर सिंह साउँद लगायतले बोलेका थिए । कार्यक्रममा स्वागत जमुना बिष्टले गरेकी थिइन ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *