शेयेर गर्नुहोस
टीकापुर १२ मंसिर /
खड्ग मेमोरियल इङलिस बोर्डिङ स्कुल (वर्गीस) सुदूरपश्चिम प्रदेश स्तरीय युथ १६ फुटबल प्रतियोगिताको फाइलमा प्रवेश गरेको छ ।
मंसिर १३ गते हुने प्रतियोगिताको फाइनलमा वर्गीस पुगेको हो । फाइनल खेल बिहान ११ बजे कोठागढी खेल मैदानमा फाइनल खेल हुनेछ । बर्दगोरिया स्पोर्ट्स एण्ड इभेन्ट्सले आयोजना गरेको प्रथम संस्करणमा पनि खड्ग मेमोरियलम् वर्गीस स्कूल च्याम्पियन बन्न सफल भएको थियो ।
यसपटकको खेलमा सुदूरपश्चिम प्रदेशबाट ३२ टिमहरू सहभागी थिए । ती टिमहरूमध्ये भोलि खड्ग मेमोरियलम् बर्गीस स्कुल र कल्पवृक्ष इङ्लिस बोर्डिङ स्कुल भजनी फाइनल खेल खेल्ने भएका छन् । आज भएको सेमी फ़ाइनल खेलमा वर्गीस स्कूलका गोल किपर एरोन राना म्यान अफ़ द म्याच घोषित भई पुरस्कृत भएका छन ।











