विद्युत प्राधिकरण भजनी वितरण केन्द्रमा कर्मचारी नै ठेकेदार

शेयेर गर्नुहोस


जनक विष्ट,
धनगढी ०५ भाद्र/
नेपाल विद्युत प्राधिकरण भजनी वितरण केन्द्रमा आर्थिक अनियमितता मौलाएको दावी गरिएको छ। भजनी वितरण केन्द्रका कार्यालय प्रमुख सहितका केही कर्मचारीको मिलोमतोमा आर्थिक अनियमितता मौलाएको आरोप लागेको छ।
केन्द्रमा विद्युतीकरण, विद्युत लाईन मर्मत सम्भार तथा कार्यालय खर्च व्यवस्थापन लगायतमा आर्थिक अनियमितता मौलाएको आरोप लागेको हो। वितरण केन्द्रका प्रमुख प्रतिश ढकाल र प्राविधिक प्रमुख समेत रहेका सुपरभाईजर दिवस यादवको मिलोमतोमा आर्थिक अनियमितता भईरहेको दावी गरिएको छ।आर्थिक वर्ष २०७५÷७६ र २०७६÷७७ मा ग्रामीण विद्युतीकरणका कार्यक्रमलाई तीन तीन लाखका योजना बनाएर एकल कोटेसन मार्फत कार्यान्वयन गरी लाखौँ अनियमितता गरेको आरोप समाचार स्रोतको रहेको छ।

वितरण केन्दका कार्यालय प्रमुख र सुपरभाईजरले सुदूरपश्चिम बाहिरका आफू निकटका फार्मबाट काम भएको देखाएर कार्यालयकै कर्मचारीबाट विद्युतीकरणका योजना कार्यान्वयन गरेको, निर्माण व्यवसायीका फार्म लिएर उनीहरुलाई कमिसन दिदै किर्ते कागजपत्र बनाएको, कर्मचारी भएर पनि अप्रत्यक्ष रुपमा ठेकेदारको भूमिका निभाई काम गर्दै आर्थिक हिनामिना गरेको आरोप लगाईएको छ।तर आर्थिक अनियमितता गर्न मुख्य भूमिका खेल्दै आएको आरोप लागेका भजनी वितरण केन्द्रका प्राविधिक प्रमुख दिवस यादवले भने धेरै फार्मलाई ठेक्का दिएको देखिएपनि एउटै ठेकेदारले काम गर्दै आएको बताए। उनले प्राधिकरणका सबैजसो कार्यालयमा एउटै ठेकेदार मार्फत काम गराउने तर फार्म फरक प्रयोग गर्ने चलन रहेको सुनाए।‘धेरै वटा फार्म कलेक्सन गर्छन्। एउटै ठेकेदारले काम गरिरहेका हुन्छन्। त्यही ट्रन्ड छ प्रत्येक अफिसमा।’ उनले भने, ‘मान्छे त्यही हुन्छ। तर फरक फार्मबाट काम भएको देखाईन्छ।’ कागजपत्र कित्र्ते गरेर निटका व्यक्तिका फार्मलाई मिलेमतोमा ठेक्का पारी अनियमितता गरेको आरोप उनी अस्वीकार गर्छन्।
तर विराटनगरमा रहेको आफ्नो भिनाजुको फार्म मगाईदिएको भएपनि फिल्डमा स्टमेटअनुसारकै काम भएको दावी गर्दै अनियमितता नभएको यादवको जिकिर छ।  वितरण केन्द्रका कर्मचारीको मिलोमतोमा तहगत अधिकारको समेत दुरुपयोग गदैै अनियमितता भईरहेको दावी गरिएको छ।विद्युत प्राधिकरणको आर्थिक प्रशासन विनियमावली अनुसार ५० हजार सम्म बजेट लाग्ने कार्य सोझै गर्न सकिने भएपनि त्यो भन्दा बढि बजेटको टेण्डर प्रक्रिया मार्फत नै खरिद गर्नुपर्ने व्यवस्था छ। तर भजनीमा भने कर्मचारीहरुले कमिसनको प्रलोभजनमा एक एक लाखका कोटेसन बनाएर आफूखुसी दररेट राखेर खरिद तथा ठेक्का गर्दै आएका छन्।कार्यालय प्रमुख लगायतका कर्मचारीले अनियमितता गरेको विषयमा विद्युत प्राधिकरणले स्पष्टीकरण सोधेको ६ महिना बितेपनि कारवाही नभएको दावी स्रोतले गरेको छ। तर कार्यालयबाट सम्पादन हुने सबै काम प्रक्रिया सँगत नै भएको भजनी वितरण केन्द्रका प्रमुख प्रतिश ढकाल बताउँछन्। उनले ऐन कानून मिचेर काम नगरिएको तथा माथिल्लो निकायसँग निर्देशन माग्नुपर्ने कामको हकमा सबै प्रक्रिया पुगाएर काम भईरहेको दावी गरेका छन्। स्रोतका अनुसार स्थानीय तहहरुसँग समेत मिलोमतोमा बढि लगत स्टमेट गराएर कार्यालय प्रमुखकै संरक्षणमा प्राविधिक प्रमुख समेत रहेका सुपरभाईजर यादवले सामान निकास दिएर अन्यत्र बेच्ने गरेको, तीनै सामानलाई पुनः नयाँ प्रयोगमा ल्याउने गरेका छन्।
यादवले नै कार्य सम्पादन मूल्याङकन गरी बजेट भुक्तानीका लागि सिफारिस दिने गरेको दावी गरिएको छ।भजनी वितरण केन्द्रमा भईरहेको अनियमितताको सन्र्दभमा नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख जगदिश जोशीले आवश्यक अध्ययन र प्रक्रिया मिले÷नमिलेको हेरिने बताए। उनले कुनै कैफियत देखिएपछि सम्बन्धीत कर्मचारीलाई विभागीय कारवाहीका लागि सिफारिस समेत गरिने जनाए।(दिनेश खबरबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *