शेयेर गर्नुहोस
टीकापुर ०७ फागुन /
सप्तऋषि माद्यामिक बिधालय टीकापुर २९ अाैं वार्षिकोत्सब तथा अभिभावक दिवस बुधबार सम्पन्न भएको छ ।
विद्यालय सञ्चालक समिति अध्यक्ष दिनेश कुमार थापाको अध्यक्ष्ातामा भएको कार्यक्रममा टीकापुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सुमन धितालले सप्तऋषि स्कुल तत्कालीन अवस्थाको उत्कृष्ट विद्यालय रहेको बताउँदै वर्तमान अवस्थामा पनि विद्यालयलाई उत्कृष्ट बनाउन सधैं गम्भीर भएर लाग्नुपर्ने बताएका छन् । उनले टीकापुरको शैक्षिक उन्नतिका काम भएको बताउँदै शैक्षिक नगरीको शहर गुणस्तरीय बनाउन शिक्षकहरुले मात्र मेहनत गरेर नहुने समेत बताएका छन् ।
प्रमुख प्रशासकीय अधिकृत धितालले गुणस्तरीय शिक्षाका नाममा पासपोर्ट बनाउनेउने बिद्यार्थीको प्रगतिलाई चिन्ने गरेको बताउँदै गुणस्तरीय शिक्षा पासपोर्ट बनाएर विदेश जानुमात्रै नभएको बताए । “अहिले जसले राम्रो देशमा जान सक्यो, त्यहीँ बिद्यार्थी शिक्षामा सक्षम देखिएको छ । त्यसैलाई सक्षम बिद्यार्थी भनेर समाजले बुझ्न थालेको छ ।” उनले भने, “गुणस्तरीय शिक्षा त्यो हो जसले आफ्नै देशमा पनि अवसर पाउन सकोस् । त्यो बिद्यार्थी आफुलाई दक्ष महसुस गर्न सकोस् ।”
कार्यक्रममा टीकापुर उद्योग वाणिज्य संघका महासचिव प्रकाश तिमिल्सिना, टीकापुर नगरपालिकाकी लेखा अधिकृत लक्ष्मी ओड, टीकापुर अस्पतालका प्रमुख फिजिसियन अधिकृत सन्देश पण्डित, विद्यार्थी कपिल चाैधरी, असिम थापा, धर्मेन्द्र बडुवाल, इश्वरी विश्वविद्यालयकी संचालिका सीता तिमिल्सिना लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रमले वार्षिकोत्सबको अवसरमा विद्यालयका पुर्व विद्यार्थीहरु लगायतलाई सम्मान समेत गरेको छ । जसमा टीकापुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सुमन धिताल, नगरपालिकाकै लेखा अधिकृत लक्ष्मी ओड, टीकापुर अस्पतालका फिजिसीयन प्रमुख डा. सन्देश पण्डित, अर्थोपिडीक प्रमुख डा. गिरीराज भट्टराई, जनरल सर्जन प्रमुख डा. रमेश उपाध्याय, विद्यालयकी शिक्षिका सरस्वती न्याैपाने पाण्डे, शिक्षक वृद्धिलाल थारु लगायतलाई सम्मान गरेको छ । त्यस्तै विद्यालय प्रत्येक महिना स्टार अफ द मन्थ अन्तरगत विद्यार्थी वर्षा नाथ, विराट बिष्ट, उमंग चाैधरी र दीक्षा तिमिल्सिना समेतलाई सम्मान गरेको छ ।
वार्षिकोत्सबको अवसरमा विद्यालय वर्षभरीका विभिन्न विधामा उत्कृष्ट विद्यार्थी, वर्षिक कार्यक्रम अन्तरगत विद्यालयमा भएका खेलकुद लगायतका विद्यार्थीहरुलाई पनि सम्मान गरेको थियो । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएका थियो । विद्यालयका प्रधानाध्यापक लिखराम चाैधरी र विद्यार्थी वर्षा चाैलागाईले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक शिवराम चाैलागाई, विद्यार्थी वर्षा नाथ र सुविक्षा सिंहले गरेकी थिइन ।










