सहकारीको २२ औं वार्षिक साधारण सभा

शेयेर गर्नुहोस


लक्ष्मण विक / टीकापुर १८ पुस /
सामुदायिक सहकारी संस्था लिमिटेडको २२ औं वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ ।
सहकारी संस्थाका अध्यक्ष हरिकुमार कार्कीको अध्यक्ष्ातामा भएको कार्यक्रमको प्रमुख अतिथि टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारू रहेका थिए भने विशिष्ट अतिथि टीकापुर नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष यज्ञ प्रसाद न्याैपाने, टीकापुर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष बलिराम चाैधरी, टीकापुर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष दीर्घ बहादुर ठकुल्ला रहेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि थारुले सहकारीको मेरुदण्ड शेयर सदस्य रहेको बताउँदै टीकापुर नगरपालिका भित्र थुप्रै सहकारी रहेको र कतिपय सहकारीको अवस्था निकै कमजोर पनि रहेको बताएका छन् ।सामुदायिक सहकारी आर्थिकको हिसाबले समुदायका लागि मुख्य मेरुदण्ड भएको नगर प्रमुख थारुले बताएका छन् । उनले कुनै पनि चिजलाई ठिकसँग खोज्न जाने अन्धकारमा पनि प्रकाश भेटिने बताउँदै साविकको नारायणपुर र धनसिंहपुर गाविसका स्थानीयको बैंक बराबरको काम सामुदायिक सहकारीले गरेको बताएका छन् ।
कार्यक्रममा विशिष्ट अतिथि टीकापुर नगरपालिका वडा नं. ८ वडा अध्यक्ष दीर्घबहादुर ठकुल्लाले साविकको नारायणपुर गाविसलाई आर्थिक गतिविधिलाई चलाएमान गर्न सहज गरेको बताएका छन् । उनले उत्पादनतिर सहकारीलाई जोड्नतर्फ ध्यान दिएर रोजगारी सिर्जना गर्न आवश्यक रहेको बताएका छन् । त्यस्तै वडा नं. ७ वडा अध्यक्ष यज्ञ प्रसाद न्याैपानेले संस्थाले समुदायमा रोजगारको सिर्जना गरेको बताउँदै सहकारी प्रति सकारात्मक हुनु पर्ने बताएका छन् । उनले सहकारी संस्था र टीकापुर नगरपालिका वडा नं. ७ को सहकार्यमा स्वास्थ्य शिविर संचालन हुने समेत बताए ।
कार्यक्रममा जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक छविलाल जैशिले सहकारी क्षेत्रलाई राम्रो बनाउन दक्ष कर्मचारी हुन आवश्यक रहेको बताउँदै समयको माग र बढ्दो प्रतिस्पर्धाको युगमा प्रविधिमा सहकारीलाई जोड्न अति आवश्यक रहेको बताए ।
कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष बलिराम चौधरी, शेयर सदस्यको तर्फबाट शेयर सदस्य गगनसिंह ठकुल्ला, पत्रकार भिम विक, कालिका इङलिस बोर्डिङ स्कुलका अध्यक्ष नृप कडायत, कर्णाली मावी सत्ति पुर्व अध्यक्ष नरेश्वर धमाला, खडक भण्डारी, जनता राष्ट्रिय मावी सुनाहाफाटा अध्यक्ष गोविन्द कोइराला, इलाका प्रहरी कार्यालय सत्तिका इन्चार्ज दिनेश बहादुर विष्ट, नेपाल रेडक्रस सोसाइटी उपशाखा नारायणपुरका टोप बहादुर केसि, सत्ती कर्णाली सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष धनसिंह साउँद, लक्ष्मीनारायण बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कपुर सिंह कडायत, सहकारी संस्थाका पुर्व अध्यक्ष जंग बहादुर साउँद लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा विभिन्न विद्यालयमा अध्यान गर्दै आएका जेहेन्दार विद्यार्थी रेनुका साउद, पुजा ढुङ्गाना र प्रितम चाैधरीलाई नगद र प्रमाणपत्र सहित सम्मान गरिएको थियो । त्यस्तै कार्यक्रममा सहकारीका शेयर सदस्यहरुमा उत्कृष्ट कृषकहरुलाई पनि सम्मान गरिएको थियो जसमा होमनाथ आचार्य, जितबहादुर खत्री र विनय चाैधरी रहेका छन् । कार्यक्रममा जेष्ठ सदस्यहरु नखरिदेवि जैशि, नरेन्द्र रावल, जंगे धामी, मिरा देवि भाट, पदमा धामी, सागर चाैधरी, पुरुसोतम रमानु दास चाैधरी, कस्तुरा देवि कार्की र उत्कृष्ट कर्मचारीमा संस्थाका पुर्व कर्मचारी कार्यालय सहयोगी खम्ब ठकुल्लालाई सम्मान गरिएको थियो ।
सहकारी संस्थाको चुनाव प्रक्रिया (आज) सोमबारदेखि शुरु हुने भएको छ । संस्थाका उपाध्यक्ष दिपक साउदले स्वागत गरेको कार्यक्रमको सञ्चालन मनिराम ढुङ्गानाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *