शेयेर गर्नुहोस
टीकापुर ३१ साउन /
दिवंगत बुवाको स्मृति दिवसको अवसरमा जेष्ठ नागरिक सरोकार केन्द्रलाई सहयोग गरिएको छ ।
टीकापुर नगरपालिका वडा नं. ९ का धिरज देउकरले आफ्ना बुवा स्वर्गीय मोहन देवकरको ११ ओैं स्मृति दिवसको अवसरमा जेष्ठ नागरिक सरोकार केन्द्रलाई सहयोग गरेका हुन ।
दाङ घोराहीमा एमआरडी डान्स स्टुडियो सञ्चालन गर्दै आएका धिरजले घोराही उपमहानगरपालिका वडा नं. १६ स्थित जेष्ठ नागरिक सरोकार केन्द्रमा खाद्यान्न सहयोग गरेका छ ।
बर्सेनि बुवाको स्मृति दिवसको अवसरमा विभिन्न समाजसँग लक्षित काम गर्दै आएको बताउँदै आगामी दिनका पनि त्यसलाई निरन्तरता दिने अर्का छोरा सुरेन्द्र देउकरले बताएका छन् ।