६ महिनासम्म व्यवस्थापन समितिले पुर्णता पाउन सकेन

शेयेर गर्नुहोस


टीकापुर १३ पुस /
बिरेन्द्र बिद्या मन्दिर माध्यमिक बिधालयलाई टीकापुरको शैक्षिक धरोहरको रुपमा लिने गरिन्छ ।
कुनै बेला अध्ययनकै लागि देशका विभिन्न जिल्लाबाट बिद्यार्थीहरु बिरेन्द्रमा पुग्ने गर्थे । उसो त टीकापुरका अन्य शैक्षिक संस्थाको तुलनामा बिरेन्द्रले उत्पादन गरेको जनशक्ति सबैभन्दा बढी काम लागेको छ भन्दा पनि फरक नपर्ला । तर, हिजो को बिरेन्द्र बिद्या मन्दिर माध्यमिक बिद्यालय आज रहन सकेको छैन भन्ने कुरालाई नकार्न सकिने अवस्था छैन ।
बिधालयको व्यवस्थापन समितिको कार्यकाल सकिएको ६ महिनासम्म पनि व्यवस्थापन समिती गठन हुन सकेको
छैन । गएको असारमा पुरानो बिधालय व्यवस्थापन समितिको समयावधि सकिएको थियो । त्यसपछि नयाँ बिधालय व्यवस्थापन समिती गठन हुन नसक्दा बिधालय माथी नै नैतिक प्रश्न उठ्न थालेको छ । ६ महिन बितिसक्दा पनि बिधालयको व्यवस्थापन समिती गठन नहुनु र बिधालयमा घटिरहेका घटनाले झन चासो बढाएको छ ।
जिल्ला शिक्षा समन्वय इकाईको प्रमुख व्यवस्थापन समितीको अध्यक्ष हुने व्यवस्था रहेको भएपनि अहिले बिधालय नेतृत्व विहिन बनेको छ ।
बिधालयका प्राचार्य फणेन्द्रराज रेग्मीले पुस महिनाभित्र व्यवस्थापन समितीले पुर्णता पाउने बताएका छन् । उनले भदौ २ गतेमात्रै आफुले प्राचार्यको जिम्मेवारी सम्हालेको बताउँदै त्यसपछि दशै, तिहार जस्ता पर्व त्यसपछि लगत्तै निर्वाचन समय सुरु हुँदा प्रक्रिया अगाडि बढ्न नसकेको बताएका छन् । ” खासमा कार्यकाल सकिएपछि लगत्तै गठन हुनुपर्ने थियो । विविध कारणले गठन हुन सकेन ।” प्राचार्य रेग्मीले भने, “यसै महिनाभित्र व्यवस्थापन समिती गठन गर्ने गरी प्रक्रिया अगाडि बढाएका छौं । सम्भव व्यवस्थापन समिती गठन हुन्छ ।”
बिधालय व्यवस्थापन समितीको सदस्यका लागि टीकापुरका राजनीतिक दलले पार्टीको लेटर प्याडमै ब्याक्तीको नाम सिफारिस गरेको बताउँदै प्राचार्य रेग्मीले त्यसरी आएको सिफारिसलाई कार्यान्वयन गर्न नसकिने बताएका छन् । टीकापुर नगरपालिकाका शिक्षा अधिकृत तथा बिधालयका पदेन सदस्य नरेश अवस्थीले व्यवस्थापन समितीको लागि बिधालय प्रशासनले पहल गर्नुपर्ने बतएका छन् । उनले आफुहरु बिधालय व्यवस्थापन समितीको पदेन सदस्यमा रहने व्यवस्था अनुसार बिधालयको भुमिकामा रहने बताउँदै अन्य कुराहरू प्रशासन नै जिम्मेवार रहने बताएका छन् ।
उता जिल्ला शिक्षा समन्वय इकाई कैलालीका प्रमुख तथा बिधालय व्यवस्थापन समितीका अध्यक्ष वैकुण्ठ सुवेदीले आफू बिधालय व्यवस्थापन समितीको अध्यक्ष रहे पनि बाँकी सिफारिस गर्नुपर्ने तीन जनाको नाम बिधालय प्रशासनले उपलब्ध गराउन नसकेको बताएका छन् । उनले समितीमा नियुक्त गर्नुपर्ने तीन जना सदस्यको नाम बिधालय प्रशासनले सिफारिस गरे आफुहरुले अनुमोदन गर्ने बताए ।
“बिधालय प्रशासनले सिफारिस गर्नुपर्ने ब्याक्तीको नाम सिफारिस गर्न सकेको छैन । अर्कोतिर बिधालयको अध्यक्षको जिम्मेवारी नगरपालिकाको प्रमुखलाई दिनेगरी कुरा भइरहेको भन्ने पनि सुन्नमा आएको छ ।” सुवेदीले भने, “हामीले निर्णायक भुमिका खेल्ने हो । आवश्यक प्रक्रिया बिधालय प्रशासनले अवलम्बन गर्नुपर्छ र जतिसक्दो छिटो बिधालय व्यवस्थापन समितीले पुर्णता पाउनुपर्छ भन्नेमा हामी छौं ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *