स्कारपीयोको ठक्करबाट किशोरीको मृत्यु

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर २८ फागुन/

कैलालीमा कारको ठक्करबाट १ जना पैदल यात्रीको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको घोडाघोडी नगरपालिका–१० पहलमानपुरस्थित बा १४ च १७२२ को स्कारपीयोले ठक्कर दिँदा सोही ठाउँकी अन्दाजी १६ वर्षीया पूर्णिमा चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। 
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार कान्द्रा पुल नजिकै स्कारपीयोले पैदल हिँडिरहेका बेला चौधरीलाई ठक्कर दिएको थियो। गम्भीर घाइते भएकी उनको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो। 
यस्तै स्कारपीयोको ठक्करबाट अर्का पैदल यात्री घोडाघोडी १० कै १५ वर्षीय गणेश रावल घाइते भएका छन्। उनको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ। स्कारपीयो र चालक गौरीगंगा नगरपालिका–८ बस्ने २२ वर्षीय  प्रकाशबहादुर चौधरीलाई इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिएको छ। 

ताजा खबर

मुक्तकमैयालाई परिचयपत्र वितरण

कहिले सुल्झिन्छ फोहोरको समस्या ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *