काँग्रेस जनताको पक्षमा उभिँदै आएको पार्टी हो : रावल

शेयेर गर्नुहोस


टीकापुर २२ असोज /
नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा रणबहादुर रावलले नेपाली काँग्रेस लोकतन्त्र, राष्ट्रियता, समाजवाद र जनताको अधिकारका पक्षमा निरन्तर उभिँदै आएको पार्टी भएको बताएका छन् ।
नेपाली काँग्रेस देउवा समुहको बिहिवार टीकापुर नगरपालिकाको १५ औं नगर अधिवेशनलाई सम्बोधन गर्दै उनले नेपाली काँग्रेसले लामो समयदेखि मुलुकको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै पार्टीका नेता तथा कार्यकर्ताले काँग्रेसको विचार, सिद्धान्त र आदर्शलाई जनतामाझ अझ प्रभावकारी रूपमा पुर्‍याउनुपर्नेमा जोड दिएका छन् । पार्टीलाई बलियो बनाउन नेतृत्व तहदेखि वडा तहसम्मका नेता तथा कार्यकर्ताबीच आपसी एकता, सहकार्य र समन्वय आवश्यक रहेको बताउँदै उनले अधिवेशनलाई केवल नेतृत्व चयन गर्ने प्रक्रियाका रूपमा मात्र नहेरी पार्टीको संगठनलाई थप व्यवस्थित र जनमुखी बनाउने अवसरका रूपमा लिनुपर्नेमा जोड दिएका छन् ।
डा रावलले नेपाली काँग्रेसले जनताको भावना र आवश्यकता बुझेर अघि बढ्नुपर्ने उल्लेख गर्दै पार्टीका नेता तथा कार्यकर्ताले जनताका समस्या समाधानका लागि निरन्तर सक्रिय रहनुपर्ने बताए । उनले युवापुस्ता, महिला, दलित, जनजाति तथा समाजका विभिन्न समुदायलाई पार्टीको मूलधारमा जोड्दै संगठनलाई समावेशी र सशक्त बनाउनुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा स्ववियु सभापति किरण साउँद, नेपाली काँग्रेसकी कैलाली जिल्ला कोषाध्यक्ष निर्मला कडायत, दलित संघका केन्द्रीय सदस्य हर्कबहादुर विश्वकर्मा, टीकापुर नगरपालिका वडा नं. ६ का वडा सभापति पूर्णबहादुर नायक, शिक्षा विभागका केन्द्रीय सदस्य तारामान रावल, पूर्व क्षेत्रीय सभापति भुवनेश्वर अधिकारी, टीकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख रामबहादुर नागार्जी तथा महाधिवेशन प्रतिनिधि दीपक चौधरी, प्रा.डा. जगत बहादुर सिंह रावल, महाधिवेशन समिति सदस्य नवराज रावल लगायतले शुभकामना मन्तव्य दिँदै संगठनलाई स्थानीय तहदेखि नै थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् । उनीहरूले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउँदै सबै नेता तथा कार्यकर्ताबीच सहकार्य र एकताको वातावरण निर्माण गर्नुपर्ने बताएका छन् ।
प्रदेश सभापति मोराम भण्डारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन कैलाली क्षेत्र नं. १ महाधिवेशन प्रतिनिधि रामबहादुर भण्डारीले गरेका थिए । कार्यक्रमको अध्यक्षता नगर संयोजक झपट बुढाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *