शेयेर गर्नुहोस
टीकापुर १५ असार /
टीकापुर स्थित सगुन बिद्या निकेतनका विद्यार्थीहरुले शुक्रबारको अतिरिक्त क्रियाकलाप अन्तर्गत रुख रोपौं अभियान मार्फत सडकमा आवतजावत गर्ने बटुवालाई बिरुवा वितरण गरेका छन् ।
पछिल्लो समय भएका रुखहरु मासिँदै जाँदा त्यसको विकल्पमा वृक्षारोपण गर्ने परिपाटी हराउँदै गएको भन्दै नागरिकहरूमा जनचेतना फैलाउने उद्देश्यले सडकमा बटुवाहरुलाई बिरुवाका बोट वितरण गरिएको हो । “हामी प्रत्येक शुक्रबार अध्ययन बाहेक अतिरिक्त कामहरू पनि गर्छौं । त्यसैअनुसार सडकमा हिड्ने बटुवालाई बिरुवा वितरण गरेका हौँ ।” बिद्यार्थी सुप्रीया पाण्डेले भनिन्, “जसले नागरिकहरूमा चेतनाको विकास होस् र रुख रोप्ने परिपाटी थालनी होस् भनेर गरेको हो ।”
बिधालयका सञ्चालक लक्ष्मीप्रसाद पाण्डेले बिधालयले मौसम अनुकुल अतिरिक्त कार्यक्रम सञ्चालन गर्दै आएको बताउँदै अहिलेको मौसममा वृक्षरोपण महत्त्वपूर्ण हुने हुँदा त्यसैअनुरूप बिरुवा वितरण गरिएको बताएका छन् । “नागरिकहरूमा चेतना फैलाउनको लागि यो कार्यक्रम आयोजना गरेका हौँ ।” उनले भने “एक व्याक्ती एक बिरुवा भन्ने नारालाई आत्मसात गर्दै कार्यक्रमलाई अगाडि बढाएका छौँ ।”










