उत्कृष्ट दुईजना विद्यार्थीलाई ग्रेटहलको सम्मान

शेयेर गर्नुहोस

    
टीकापुर २० असार्/
२०८० सालको माध्यमिक शिक्षा परिक्षा (एसईई) मा टीकापुर क्षेत्रकै सर्वोउत्कृष्ट जिपिए ल्याउने दुईजना बिद्यार्थीलाई ग्रेटहल एजुकेशनल कन्सल्टेन्सी टीकापुरले नगद सहित सम्मान गरेको छ ।
बुधबार एक कार्यक्रमको आयोजना गर्दै टीकापुर क्षेत्रबाटै उत्कृष्ट जिपिए ल्याउने वीरेन्द्र बिद्या मन्दिर माद्यामिक बिधालय टीकापुरका हेमन्त बहादुर साउँद र माउन्ट सैपाल एकेडेमीका विनु रावललाई नगद सहित सम्मान गरेको हो । एसईईमा साँदले ४ जिपिए र रावलले ३ दशमलव ९५ जिपिए ल्याएका थिए । उनीहरुलाई नगद दश हजार, दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो ।
    उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोग सदस्य प्राध्यापक डा जगतबहादुरसिंह रावलले सबैको मनोभाव टीकापुर शैक्षिक नगरी बनाउने र शैक्षिक नगरी भनेर चिनाउने रहेको बताएका छन् । “शैक्षिक नगरी मुखले भनेर मात्र हुदैन । शैक्षिक नगरी बनाउनलाई शिक्षा क्षेत्रसँग जोडिएका सबैले मेहनत गर्नु पर्छ ।” उनले भने, “मुखले शैक्षिक नगरी भन्ने आफू आफैमा प्रतिस्पर्धा गर्ने र अरुलाई पछारेर अगाडि बढ्न खोज्ने प्रवृत्तिले टीकापुर शैक्षिक नगरी बनाउन सकिँदैन ।” रावलले सम्मान कार्यक्रमहरुले मेहनत गर्ने विद्यार्थीहरुका लागि उच्च मनोबल बढ्ने र अरु विद्यार्थीहरुका लागि मेहनत गर्ने बानीको विकास हुने बताएका छन् । उनले जबसम्म टीकापुर क्षेत्रबाट वार्षिक १५ देखि २० जना विद्यार्थी सर्वोउत्कृष्ट ल्याउन सक्दैन तबसम्म टीकापुर क्षेत्रलाई शैक्षिक नगरीको टीकापुर भन्न उचित नठानिने समेत बताएका छन् ।
कार्यक्रममा टीकापुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष मोहन वि.क ले सम्मान कार्यक्रम सरकारको तर्फबाट गर्नु पर्ने काम एउटा कन्सल्टेन्सी जस्ता संस्थाहरुले गरिरहेको बताएका छन् । उनले टीकापुर नगरपालिका अन्तरगत वडा नं. १ ले शिक्षाको क्षेत्रमा वार्षिक करिब २२ देखि २५ लाखसम्म खर्च गर्दै आएको बताउँदै टीकापुर नगरपालिकाले एउटा एमविविएस चिकित्सकलाई अध्ययन गराइरहेको समेत बताएका छन् । साथै उनले स्थानीय पालिकाले शिक्षा क्षेत्रलाई कसरी राम्रो बनाउने भन्ने विषयमा पालिकाले आफ्नै शिक्षा ऐन बनाएको समेत बताएका छन् ।
कन्सल्टेन्सीका प्रबन्ध निर्देशक गणेश बहादुर शाहीको अध्यक्ष्ातामा भएको कार्यक्रमको सञ्चालन म्यानेजर विरेन्द्र साउँदले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *