बृहत् शैक्षिक मेला आयोजना हुँदै

शेयेर गर्नुहोस


टीकापुर ३० फागुन /
जानकी गाउँपालिकाले बृहत् शैक्षिक प्रदर्शनी मेला आयोजना गर्ने भएको छ ।
गाउँपालिका भित्रका सामुदायिक तथा संस्थागत बिधालयहरुको सहभागिता गाउँपालिकाले यहीँ आउने फागुन २ र ३ गते गाउँपालिका स्तरीय बृहत् शैक्षिक प्रदर्शनी मेला आयोजना गर्न लागिएको हो । चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार शैक्षिक मेलाको आयोजना गर्न लागिएको शिक्षा अधिकृत धर्मानन्द कपाडीले जानकारी दिएका छन् ।
उनका अनुसार शैक्षिक प्रदर्शनी कार्यक्रममा बिज्ञान तथा प्रविधि, भाषा, कला तथा साहित्य, शैक्षिक सामाग्री तथा विविध प्रदर्शनी हुने छ । गाउँपालिकाको वडा नं. ३ स्थित जनकल्याण आधारभूत बिधालय लायकपुरमा हुने उक्त मेलामा विभिन्न बिधालयका स्टलहरु त्यहाँ रहनेछन् । त्यो स्टलमा बिधालयका बिद्यार्थीहरुले बनाएका विभिन्न सामाग्रीहरुको प्रदर्शनी हुने छ । प्रदर्शनीमा उत्कृष्ट बिधालयले नगद सहित जिन्सी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
“यो कार्यक्रमले बिद्यार्थीहरुमा भएको अन्तर्निहित प्रतिभालाई थप मद्दत पुग्ने छ भने बिधालयहरुलाई प्रतिस्पर्धामा ल्याउने छ ।” शिक्षा अधिकृत कपाडीले भने, “अर्कोतिर बिधालयहरु बिचको सम्बन्धलाई थप समधुर बनाउनका साथै एउटा बिधालयले गरेको क्रियाकलापबाट अर्को बिधालय र बिद्यार्थीलाई सिकाइ हुने अपेक्षा पनि हामीले लिएका छौँ ।” बिद्यार्थीको नतिजाको आधारमा बिधालयलाई अनुदान प्रदान गर्दै आएको गाउँपालिकाले शिक्षा क्षेत्रलाई फराकिलो र अभिभावकको आकर्षण बढाउँदै शैक्षिक सुधारका लागि विभिन्न प्रयासहरु गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *