होरी सञ्चालनका लागि छलफल

शेयेर गर्नुहोस


टीकापुर १८ फागुन/
सांस्कृतिक समाज टीकापुरले आयोजना गर्दै आएको होरीको व्यवस्थापनका लागि सरोकारवालासँग छलफल गरेको छ ।
यहीँ फागुन २२ गतेबाट सुरु हुने होरीलाई व्यवस्थित र मर्यादित बनाउँदै सञ्चालनका विषयमा सरोकारवालाबीच छलफल भएको हो । समाजका अध्यक्ष प्रेमबहादुर रावलको अध्यक्षतामा बसेको कार्यक्रममा ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलेन्द्र नाथले सामाजिक रुपमा देखिएका केहि नकारात्मक प्रभावले समाजलाई समयानुकूल परिवर्तन गर्दै लगिएको बताएका छन् ।
उनले आपसी मतभेद र आपराधिक घटना बढ्दै गएको परिवेशमा समाजमा चुनौती थपिँदै गएको बताए । स्वयंसेवक व्यवस्थापनमा समाजलाई ध्यान दिन आग्रह उनले गरेका छन् । समयको विषयमा पत्राचार गर्न आग्रह गर्दै साझ ६ बजेसम्म सम्पन्न गर्न भनेर आदेश माथिल्लो निकायबाट आएको उनको भनाई थियो । अध्यारो हुनुभन्दा पहिले नै सक्ने गरी समयको व्यवस्थापन गर्न प्रहरी निरीक्षक नाथले आग्रह गरे ।
समाजसेवी तथा समाजका सल्लाहकार रामचन्द्र शर्मा कट्टेलले विगतमा घटेका घटनालाई देखाएर समस्या सधैभर त्रसित बनाइनु राम्रो नहुने बताए । तीन बजेबाट सात बजेसम्म होरी खेल्ने वातावरण प्रशासनले बनाइदिनुपर्ने भन्दै अन्तिम दुई दिन राती ९ बजेसम्म सञ्चालन गर्न पाउनुपर्ने बताए।
छलफलका क्रममा बोल्ने वक्ताले होरी खेललाई मर्यादित बनाउँदै समयलाई बढाउनुपर्नेमा जोड दिएका छन् । विगतमा रातभर हुँदै आएको होरी एकाध घटनाका कारण औपचारिकतामा मात्रै सिमित हुन थालेकोमा चिन्ता व्यक्त गरे । समाजका सचीव बालबहादुर बोहराले छलफलको सहजीकरण गरेका थिए ।

ताजा खबर

एक वर्ष अगाडि सकिँदै पुलको काम

फेरि उठ्यो तालतलैया बक्यौताको विषय

सम्पत्ति छानबिन समिती गठन

Leave a Reply

Your email address will not be published. Required fields are marked *