दुर्व्यसनी न्यूनीकरण गर्न अभिभावक जिम्मेवार बन्नुपर्छ : विक

शेयेर गर्नुहोस


टीकापुर २९ जेठ /
टीकापुर नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष ऋषि विकले लागुऔषध दुर्व्यसनी न्यूनीकरणका लागि प्रमुख भुमिका अभिभावकको हुने बताएका छन् ।
टीकापुर नगरपालिका वडा नं. ३ को आयोजनामा भएको लागुऔषध न्यूनीकरणका लागि युवायुवतीसँग अध्यक्ष सहितको नाटक प्रदर्शनी कार्यक्रममा बोल्दै वडा अध्यक्ष विकले अभिभावक जिम्मेवार भए लागुऔषधको जोखिमलाई कम गर्न सकिने बताएका हुन । “अहिले समाजको प्रमुख जोखिम लागुऔषध हो । कैयौं युवाहरू लागुऔषधको कुलतमा छन् ।” उनले भने, “त्यसलाई न्यूनीकरण गर्ने हो भने अभिभावकहरु बढी जिम्मेवार हुनुपर्छ ।”
समाजलाई सुन्दर बनाउनको लागि अरुकोमा निर्भर भएर नहुने बताउँदै उनले आउने पुस्तालाई समाजको वस्तुस्थिति बुझाउन आवश्यक रहेको बताएका छन् । “हाम्रो संस्कार अनि संस्कृति अहिलेका युवायुवतीहरुलाई थाहा छै । त्यसमा मतलब पनि देखिँदैन ।” उनले भने, “जुन परिवारमा अभिभावक राम्रो छ त्यो परिवार सधै खुशी छ । उसले आफ्नो संस्कार अनि संस्कृति पनि बुझेको हुन्छ । त्यसकारण पनि सन्तान प्रती अभिभावक जिम्मेवार हुनुपर्छ ।”
पछिल्लो समयमा बिधालय अध्ययन गर्ने बालबालिका बिग्रदै गएको बताउँदै वडा अध्यक्ष विकले त्यसलाई रोक्नको लागि बिधालय प्रशासन सहित अभिभावकको समन्वय र सहकार्य पनि आवश्यक रहेको बताएका छन् । “तथ्यांक हेर्दा बिधालय तथा कलेज अध्ययन गर्ने उमेर समूह सबैभन्दा बढी बिग्रेको छ ।” वडा अध्यक्ष विकले भने, “त्यसलाई रोक्नको लागि अभिभावक अनि बिधालय प्रशासन जिम्मेवार भए त्यसलाई रोक्न सकिन्छ । जुन कुरालाई नाटले पनि देखाएको छ ।”
कार्यक्रमका अवसरमा वडा सदस्य कमला विश्वकर्माले नाटकीय ढंगले प्रस्तुत हुने कार्यक्रम समाजको वास्तविक वस्तुस्थितिमा तयार हुने बताउँदै धेरै नागरिकहरूलाई एकैसाथ सचेतना फैलाउनको लागि नाटक निकै प्रभावकारी भएको बताएकी छन् । उनले समाजको वास्तविक चित्रण नाटकले गर्ने भएका कारण त्यसलाई आफ्नो जीवनसँग जोडेर बुझ्नुपर्ने बताइन् । “नागरिक समाजप्रति जिम्मेवार बन्न सकेको छैन । आज पनि अरुलाई सिकाउने हाम्रो समाज आफ्नो बिग्रेको न बुझ्न न बुझ्ने प्रयास गर्छ ।” उनले भनिन्, “हामी जिम्मेवार भयौं र आफ्नो बालबालिका प्रतिको निगरानी बढाउन सक्यौं भने सुन्दर समाज निर्माणका लागि कसैको मुख ताक्नुपर्दैन ।”
सिर्जनशील युवा समाज नेपालको समन्वयमा भएको उक्त कार्यक्रम वडा नं.३ को हिमालय माद्यामिक बिधालय घिया र वडा नं. ३ भित्रका टोल विकास संस्थाका पदाधिकारीहरुको उपस्थितिमा सम्पन्न भएको छ । जुन कार्यक्रम मंगलबार र बुधबार चलेको थियो । जुन कार्यक्रममा सिर्जनशील युवा समाज नेपालको गुडिमुन्टे समुहले नाटक प्रदर्शन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *