शेयेर गर्नुहोस
टीकापुर ०१ असार /
दारी ग्याङ टीकापुर उपशाखाले शनिबार रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
विश्व रक्तदाता दिवसको अवसरमा उपशाखा टीकापुर र वेल एजुकेशन हब -टीकापुरको संयुक्त आयोजनामा बिरेन्द्र बिद्यामन्दिर क्याम्पस परिसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेको बताइएको छ ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा टीकापुरको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा टीकापुर अस्पतालका डा.अंकित आचार्यले रक्तदान जस्तो दान जीवनमा अरु केही नहुने बताएका छन् । उनले एक पोका रगतले अरुको जीवनलाई जीवित राख्न सकिने बताउँदै सबैलाई रक्तदानका लागि आग्रह गरे ।
नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाका निवर्तमान उपसभापति जगदीश्वर पण्डितले रक्तदान गर्दा कमजोरी बनाउछ भन्ने भ्रम आज पनि समाजमा कायम रहेको बताउँदै रक्तदान गर्दा त्यस्तो कुनै समस्या नआउने बताएका छन् । रक्तदान कार्यक्रममा क्याम्पसका विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।










