शेयेर गर्नुहोस
टीकापुर २४ साउन /
टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नवौं तथा पाँच चुनावी साधारण सभाको बन्दसत्रले संस्थाको संशोधन गर्ने निर्णय गरेको छ ।
साधारण सभाको बन्दसत्रले एक कार्यकाल पदाधिकारी भएको व्यक्तिले मात्रै अध्यक्षका लागि दाबी गर्न पाइने यसअघिको अधिकारलाई अब आउने संस्थाको पाँचौं चुनावी साधारण सभामा उपभोक्ता जुनसुकैले अध्यक्षमा दाबी गर्न पाउने गरी विधान संशोधन गर्ने प्रस्ताव पारित गरेको हो । बन्दसत्रमा पेचिलो रुपमा उठेको विधान संशोधन प्रस्तावका लागि विधान संशोधन उपसमिति चयन गरिने बताइएको छ ।
त्यसैगरी साधारण सभाको बन्दसत्रले अध्यक्षको प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन, लेखा परिक्षक नियुक्तिका लागि तीन सदस्यीय समिती गठन सहितको प्रस्ताव समेत पारित गरेको छ । बन्दसत्रमा उठेका प्रश्नको जवाफ सम्बन्धित पदाधिकारीले दिएका थिए । तर बन्दसत्रमा बोल्ने अधिकांश पार्शदहरुले खानेपानी संस्थामा भैरहेको बेथिति रोकिनु पर्ने धारणा औल्याएका थिए ।
संस्थाका कार्यवाहक अध्यक्ष सिर्जना शर्माले पण्डितको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ । प्रस्तुत प्रतिवेदनमा संस्थाले अझै १३ करोड ८ लाख ७ हजार ३ शय ५४ रुपैयाँ ऋण तिर्न बाँकी देखिएको छ । प्रतिवेदनमा नगर विकास कोषसँग लिइएको ऋण मध्ये आर्थिक वर्ष २०८१/०८२ मा साँवा रकम ५९ लाख २५ हजार ३ सय ९८ रुपैयाँ र ब्याज रकम ६६ लाख ७४ हजार ६ सय १० रुपैयाँ गरी १ करोड २६ लाख रुपैयाँ भुक्तानी गरेको उल्लेख छ । यसै आर्थिक वर्षमा ५० लाख मुद्दती निक्षेपमा जम्मा गरेको संस्थाले यस आर्थिक वर्षमा मात्रै १ करोड २२ लाख १२ हजार ९३२ रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
संस्थाका कोषाध्यक्ष विश्राम चौधरीद्धारा प्रस्तुत गरिएको आर्थिक प्रतिवेदनमा संस्थाले ४ करोड ६४ लाख ५२ हजार ५ शय ९८ हजार रुपैयाँ कुल आम्दानी गरेको छ भने ३ करोड ४२ लाख ३९ हजार ६ शय ६५ रुपैयाँ कुल खर्च गरेको छ । सबैभन्दा बढी कर्मचारी तबल भत्ता खर्च बाहेक प्रत्यक्ष खर्च १ करोड ५६ लाख ९१ हजार ७ शय ११ रुपैयाँ, कर्मचारी तथा कामदार खर्च ८९ लाख ६ हजार १ शय ५४ रुपैयाँ, कार्यालय सञ्चालन १८ लाख १२ हजार ३ शय ८७ रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा संस्थाका पूर्व उपाध्यक्ष गोपीराम जैशीका नाममा १० लाख संस्थाले पाउनु पर्ने उल्लेख छ ।










