शेयेर गर्नुहोस
टीकापुर २६ साउन /
जानकी गाउँपालिकाले शैक्षिक गुणस्तरसँगै उत्कृष्ट नतिजाको आधारमा पुरस्कार राशी घोषणा गरेको छ ।
गाउँपालिकाले विगत देखिनै शैक्षिक सुधारका प्रयास गर्दै आए पनि त्यसलाई परिणाममा देखिने नतिजाको लागि गाउँपालिका भित्रका सामाजिक तथा संस्थागत बिधालयका बिद्यार्थी तथा सामुदायिक बिधालयलाई प्रदान गर्ने गरी पुरस्कार राशी घोषणा गरेको हो । गाउँपालिका अध्यक्ष गणेश चौधरीले जारी गरेको सुचना अनुसार कक्षा १२ को परिक्षामा ४ जिपीए ल्याउने बिद्यार्थीलाई एक लाख पुरस्कार प्रदान गरिने बताइएको छ । त्यसैगरी ३ दशमलव ९० देखि ३ दशमलव ९९ जिपीए ल्याउने बिद्यार्थीले २५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
त्यतिमात्र नभई सामुदायिक बिधालयतर्फ ४० जनाभन्दा बढी बिद्यार्थी सहभागी गराएर कक्षा १२ को परिक्षामा शतप्रतिशत नतिजा ल्याउने बिधालयका प्रधानाध्यापकलाई ५० हजार पुरस्कार प्रदान गरिने छ भने त्यहीँ मापदण्ड पूरा गरेको बिधालयका प्रत्येक शिक्षक तथा कर्मचारीहरुले समेत २० हजारका दरले नगद पुरस्कार प्राप्त गर्नेछन् । कक्षा १२ मै १५ देखि ४० जना बिद्यार्थी सहभागी गराएर शतप्रतिशत नतिजा ल्याउने बिधालयका प्रधानाध्यापकले ३० हजार र अन्य शिक्षक तथा कर्मचारीले १५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।
त्यसैगरी कक्षा १० को एसईईमा ४ जिपीए ल्याउने सामुदायिक तथा संस्थागत बिधालयका बिद्यार्थीलाई पनि एक लाख पुरस्कार प्रदान गरिने सुचनामा उल्लेख छ । ३ दशमलव ९० देखि ३ दशमलव ९९ जिपीए ल्याउने बिद्यार्थीले २५ हजार प्राप्त गर्नेछन् । साथै सामुदायिक बिधालयमा ४० जनाभन्दा बढी बिद्यार्थी सहभागी गरएर एसईईमा शतप्रतिशत नतिजा ल्याउने बिधालयका प्रधानाध्यापकलाई ५० हजार र अन्य शिक्षक तथा कर्मचारीहरुलाई २५ हजार पुरस्कार घोषणा गरिएको छ । एसईईम १५ जना देखि ४० जना बिद्यार्थी सहभागी गराएर शतप्रतिशत नतिजा ल्याउने बिधालयका प्रधानाध्यापकलाई ४० हजार र अन्य शिक्षक तथा कर्मचारीलाई २० हजारका दरले पुरस्कार प्रदान गरिने भएको छ ।
गाउँपालिकाले कक्षा ८ को वार्षिक परिक्षामा उत्कृष्ट बिद्यार्थी तथा प्रधानाध्यापक र शिक्षक कर्मचारीलाई समेत पुरस्कार घोषणा गरेको छ । ८ कक्षाको गाउँपालिका स्तरीय परिक्षामा सामुदायिक बिधालयबाट ४ जिपीए ल्याउने बिद्यार्थीले २५ हजार पुरस्कार प्राप्त गर्ने छ । त्यसैगरी ३ दशमलव ९० देखि ३ दशमलव ९९ जिपीए ल्याउने बिद्यार्थीले पनि १० हजार पुरस्कार प्राप्त गर्नेछन् ।
साथै, परिक्षामा ४० जनाभन्दा बढी बिद्यार्थी सहभागी गराएर शतप्रतिशत नतिजा ल्याउने बिधालयका प्रधानाध्यापकले २५ हजार र अन्य शिक्षक कर्मचारीहरुले १५ हजारका दरले पुरस्कार प्राप्त गर्ने छन् भने १५ देखि ४० जना बिद्यार्थी परिक्षामा सहभागी गराएर शतप्रतिशत नतिजा ल्याउने बिधालयका प्रधानाध्यापकलाई २० हजार र अन्य शिक्षक तथा कर्मचारीलाई १० हजारका दरले पुरस्कार वितरण गरिने अध्यक्ष चौधरीले बताएका छन् ।
पालिका स्तरीय सञ्चालन हुने कक्षा ५ को वार्षिक परिक्षामा पनि बिद्यार्थी तथा शिक्षकले पुरस्कार प्राप्त गर्ने भएका छन् । जसअनुसार ४ जिपीए ल्याउने सामुदायिक बिधालयका बिद्यार्थीले २० हजार, ३ दशमलव ९० देखि ३ दशमलव ९९ जिपीए ल्याउने सामुदायिक तथा संस्थागत बिधालयका विद्यार्थीले १० हजार पुरस्कार प्राप्त गर्ने छन् ।
उता, सामुदायिक तर्फ कक्षा ५ मा ४० जनाभन्दा बढी विद्यार्थी परिक्षामा सहभागी गराएर शतप्रतिशत नतिजा ल्याएको खण्डमा प्रधानाध्यापकलाई १५ हजार र अन्य शिक्षक तथा कर्मचारीलाई ७ हजार पाँच सय रुपैयाँ पुरस्कार घोषणा गरिएको छ । कक्षा ५ मै १५ जना देखि ४० जना विद्यार्थी भएको बिधालयले शतप्रतिशत नतिजा ल्याएको स्थितिमा प्रधानाध्यापकलाई १० हजार र अन्य शिक्षक तथा कर्मचारीलाई पाँच हजार पुरस्कार व्यवस्था गरिएको बताइएको छ ।
यसभन्दा पहिले गाउँपालिकाले नतिजाको आधारमा बिधालयलाई अनुदान प्रदान गर्दै आएको छ ।










