देसाकको साहित्य कार्यक्रम सम्पन्न

शेयेर गर्नुहोस


टीकापुर ०४ कार्तिक /
देवकोटा साहित्य कला परिवार देसाककाे आयाेजनामा महाकवि लक्ष्मी प्रसाद देवकोटा काे ११७ ओै जन्म जयन्ती तथा साहित्यिक समाराेह कार्यक्रम सम्पन्न भएकाे छ , कार्यक्रममा पुर्व उर्जा राज्य मन्त्री चन्द्र सिह भट्टराई प्रमुख अथिति रहेको उक्त कार्यक्रममा टीकापुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष माेहन लाेहार विक र टीकापुर बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख प्राध्यापक डा जगत बहादुर सिंह रावल विशिष्ट अथिति रहेका थिए ।
कार्यक्रममा ३० जना साहित्यकारले परिचय सहित रचना वाचन गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष कण्ठराज गिरिले गरेका थिए भने कार्यक्रम देसाकका सचिव कान्ति प्रसाद ज्ञवालीले सञ्चालन गरेका थिए ।
कार्यक्रम फरक तरिकाले सबैलाई परिचय ठेगाना र पेशा सहित रचना वाचनका लागि सबैलाई अवसर दिईएकाे थियाे । सहभागीले विविध विधाका रचना प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *