टीकापुर गोल्डकपको मिति सर्यो

शेयेर गर्नुहोस


टीकापुर २९ असोज /
टीकापुर उद्योग वाणिज्य संघले कार्तिक १२ गतेदेखि आयोजना गर्ने भनिएको टीकापुर गोल्डकप २०८३ स्थगित भएको छ ।
उद्योग वाणिज्य संघले यसअघि कार्तिक १२ गतेबाट टीकापुरमा आयोजना गर्ने भनिएको टीकापुर गोल्डकप स्थगित भएको हो । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण आवश्यक तयारीमा समस्या देखिएपछि निर्धारित समयमा गोल्डकप आयोजना गर्न नसकिने भन्दै स्थगित गरिएको संघका अध्यक्ष सन्तोष खड्काले जानकारी दिएका छन् ।
उनकाअनुसार पुसमा व माघ अन्तिमसम्म गोल्डकप आयोजना गर्ने गरी आन्तरिक तयारी भैरहेको छ् । “गोल्डकप हुन्छ । हामीले आन्तरिक तयारी गरिरहेकै छौँ ।” उनले भने, “पुसमा वा माघ अन्तिमसम्म आयोजना गर्ने गरी मिति तय गर्न छलफल भैरहेको छ ।” अध्यक्ष खड्काले भोटेकोशी बाढी पछि सबैको ध्यान त्यतातिर हुँदा यो विषम परिस्थितिमा प्रतियोगिता आयोजना गर्न कठिन हुने भएपछि मिति सार्नु परेको बताएका छन् ।
“सबैभन्दा महत्त्वपूर्ण कुरा आर्थिकको हो । आर्थिक रुपमा चुनौती देखिएपछि हामीले मिति सार्नु परेको हो । अझै टीकापुर नगरपालिका र प्रदेश सरकारको बजेट अन्योलताले हामीलाई पनि अन्योलमा पार्यो ।” उनले भने, “गोल्डकप हुन्छ । त्यसमा कुनै शंका छैन । केही दिनभित्रै प्रतियोगिताको नयाँ मिति सार्वजनिक गर्छौं ।” गोल्डकप बिजेताले ७ लाख नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने यसभन्दा पहिले नै संघले घोषणा गरिसकेको छ ।
त्यसैगरी उपविजेताले चार लाख नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने प्रतियोगिताको तेस्रो हुनेले एक लाख नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । शान्त्वना हुने टिमले ५० हजारमा चित्त बुझाउनुपर्ने छ । प्रतियोगितामा वेस्ट प्लेयरले नगद १५ हजार, वेस्ट कोच हजार, वेस्ट गोलकिपर, वेस्ट फर्वार्ड, वेस्ट डिफेन्डर र उर्जावान खेलाडीलाई जनही १० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बताइएको छ ।
संघले प्रतियोगिता टीकापुर खड्ग स्मृति रंगशालामा आयोजना गर्ने भनेको छ । प्रतियोगिता आयोजना गर्न मात्रै एक करोड ८० लाख भन्दा बढी खर्च लाग्ने बताएको छ । प्रतियोगिताको लागि कैयौं व्यक्तिले सहयोग समेत संघलाई उपलब्ध गराइसकेका छन् ।

ताजा खबर

टीकापुर गोल्डकपको मिति सर्यो

महुन्यालको सामाजिक परिक्षण सम्पन्न

कठरिया समुदायमा आज जिउँरा राखिँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *