कर्णालीको सामाजिक परिक्षण तथा सार्वजनिक सुनुवाइ

शेयेर गर्नुहोस

टीकापुर २७ कार्तिक /
कर्णाली माद्यामिक बिधालय टीकापुरको सामाजिक परिक्षण प्रतिवेदन तथा सार्वजनिक सुनुवाइ कार्यक्रम बिहिवार सम्पन्न गरेको छ ।
शिक्षक अभिभावक संघका अध्यक्ष पदम बहादुर टमट्टाको अध्यक्षतामा भएको सामाजिक परिक्षण तथा सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रस्तुत प्रतिवेदन अनुसार टीकापुर स्थित कर्णाली माद्यामिक बिधालयले शैक्षिकसत्र २०८१ मा ६ करोड ५८ लाख ४६ हजार ७ सय ४ रुपैयाँ बराबरको कारोबार गरेको छ । त्यसमध्ये दुई करोड ६९ लाख ७४ हजार ७४ रुपैयाँ बचत गरेको सामाजिक परिक्षण प्रतिवेदनमा उल्लेख छ ।
बिधालयले सामाजिक परिक्षण अनुसार गरिएको मुल्यांकनमा १०० मा ९२ अंक प्राप्त गरेको छ । टीकापुर नगरपालिका भित्र सबैभन्दा बढी विद्यार्थी संख्या भएको उक्त बिधालयमा शैक्षिकसत्र २०८१ मा दुई हजार ९५ जना बिद्यार्थी भर्ना भएका थिए । प्रतिवेदन अनुसार बिधालयको सिकाई उपलब्धि क्रमशः सुधार हुँदै गएको देखिएको छ ।
कार्यक्रममा टीकापुर नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थीले नगरपालिका भित्र रहेका बिधालयहरुमा सबैभन्दा उत्कृष्ट बिधालयको रुपमा चिनिँदै आएको बताउँदै आर्थिक रुपमा पुर्ण सफल रहेको बताएका छन् । उनले बिधालयका राम्रा कुराहरूलाई अन्य बिधालयले पनि अनुसरण गर्नुपर्ने उल्लेख गर्दै सुधार गर्नुपर्ने सुझावका रुपमा आएका कुराहरूलाई क्रमशः सुधार गर्दै लैजान सुझाव दिएका छन् ।
त्यसैगरी टीकापुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष तथा बिधालय व्यवस्थापन समितिका अध्यक्ष मोहन विकले बिधालयसँग अभिभावक नजिक हुनुपर्नेमा जोड दिँदै अभिभावकको सुझाव सल्लाह अनुसार आगामी दिनको योजना तय गर्न सजिलो हुने बताएका छन् । उनले सकारात्मक सुझाव सल्लाहलाई आत्मसात गर्दै अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । कार्यक्रममा खड्ग स्मृति माद्यामिक बिधालयका प्रधानाध्यापक झनकराज ओझा, नगर शिक्षा समितिका सदस्य जोगी रावल, अभिभावक रामेश्वर रेग्मी लगायतले बोलेका थिए ।
कार्यक्रमको स्वागत प्रधानाध्यापक धर्मराज शर्माले गरेका थिए भने सञ्चालन शिक्षक हरिश अवस्थीले गरेका थिए ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *