जनप्रकाशको सामाजिक परिक्षण

शेयेर गर्नुहोस


टीकापुर २७ कार्तिक /
टीकापुर नगरपालिका वडा नं. ४ स्थित जनप्रकाश आधारभूत बिधालयको सामाजिक परिक्षण तथा सार्वजनिक सुनुवाइ कार्यक्रम पनि बिहिवार नै सम्पन्न भएको छ ।
सो कार्यक्रममा पनि नगरपालिकाका बिधालय निरीक्षक नरेश अवस्थीले आर्थिक रुपमा बिधालय सकारात्मक बन्दै गएको बताउँदै शैक्षिक गुणस्तर अनि विद्यार्थी नतिजामा बिधालय अझै मजबुत मजबुत बनाउँदै लैजानुपर्नेमा जोड दिएका छन् । उनले सामाजिक परिक्षण समितिले दिएका सुझावलाई मनन गर्न बिधालयलाई आग्रह गर्दै विगतभन्दा बिधालय राम्रो बन्दै गएको र अभिभावकको संख्या पनि बढ्दै गएको बताए ।
कार्यक्रममा कर्णाली माद्यामिक बिधालयका प्रधानाध्यापक धर्मराज शर्माले अभिभावकहरुको निगरानी र सुझाव सल्लाह बिधालयलाई प्राप्त भैरहे बिधालयको सिकाई गुणस्तर सुधार गर्न मद्दत मिल्ने बताएका छन् । बिधालय व्यवस्थापन समितिका अध्यक्ष आशाराम थारुले बालबालिकाको लागि भए पनि एकदिन बिधालय आइदिन अभिभावकलाई आग्रह गरेका छन् । उनले अभिभावकलाई लक्षित गर्दै माछा मार्न जानुपर्ने भए हतार हुने तर बालबालिकाको रेखदेखका लागि मतलब नहुने गुनासो व्यक्त गरेका छन् । सामुदायिक बिधालयमा बालबालिका पठाउने अभिभावक बालबालिका प्रती जिम्मेवार नभएको उनको भनाइ छ ।
पछिल्लो समय बिधालयले कक्षा ४ सम्म अङ्ग्रेजी माध्यममा अध्यापन गराउँदै आएको छ । आर्थिक रुपमा पनि बिधालय सबल बन्दै गएको सामाजिक परिक्षण प्रतिवेदनले देखाएको छ । आर्थिक वर्ष २०८१/०८२ मा एक करोड ३७ लाख ३९ हजार ६ सय ८९ रुपैयाँको आर्थिक कारोबार गरेको बिधालयले १० लाख १० हजार ७ सय ९४ रुपैयाँ बचत देखाएको छ । हाल बिधालयमा दुई सय १० जना विद्यार्थी अध्ययन गरिरहेका छन् ।
सोही कार्यक्रम मार्फत बिधालयमा २०७८ सालदेखि गएको भाद्र ४ गतेसम्म अध्यापन गराउनुभएका शिक्षक नारायण बिक्रम चौधरीलाई सम्मान सहित बिदाइ गरिएको छ । सामाजिक परिक्षण प्रतिवेदनका आधारमा बिधालयले १०० मा ८९ नम्बर प्राप्त गरेको छ । कार्यक्रममा टीकापुर नगरपालिका वडा नं. ४ वडा सदस्य दिपेन्द्र चौधरी, पुर्व बिधालय व्यवस्थापन समिती अध्यक्ष पञ्चराम चौधरी लगायतले बोलेका थिए ।
शिक्षक अभिभावक संघका अध्यक्ष भदैया थारुको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक हरिकृष्ण चौधरीले गरेका थिए भने स्वागत प्रधानाध्यापक रघु नाथ उपाध्यायले गरेका थिए ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *