शेयेर गर्नुहोस
टीकापुर २९ कार्तिक /
हिमालय माद्यामिक बिधालयको सामाजिक परिक्षण प्रतिवेदन तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।
बिधालय अभिभावक संघका अध्यक्ष निरपती चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा टीकापुर नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थीले सामाजिक परिक्षण प्रतिदिन बिधालयले ऐना भएको उल्लेख गरे । उनले बिधालयको मौज्दात बर्सेनि घट्दै गएको बताउँदै त्यसलाई बढाउँदै लैजानुपर्नेमा जोड दिएका छन् । शिक्षा अधिकृत अवस्थीले बिद्यार्थी संख्या बढाउने कुरामा बिधालयको ध्यानाकर्षण गराएका छन् । बिधालयले शैक्षिक गुणस्तरका लागि विभिन्न प्रयासहरु भैरहेको प्रतिवेदनमा उल्लेख गरिएको बताउँदै त्यसलाई नतिजामा देखाउन आग्रह गरेका छन् ।
कर्णाली माद्यामिक बिधालयका प्रधानाध्यापक धर्मराज शर्माले टीकापुरको ऐतिहासिक बिधालयको रुपमा रहेको बताउँदै पछिल्लो समय पुनः त्यो इतिहासलाई फर्काउने प्रयास गरेको बताएका छन् । उनले हिमालयले “अर्न एण्ड लर्न” कार्यक्रम मार्फत बिद्यार्थीलाई उपदानसँग जोड्ने प्रयास गर्नु अर्को नमुना काम भएको बताए । उनले सिकाइ गुणस्तरसँगै भौतिक व्यवस्थापनका साथै भएको दक्ष जनशक्तिबाट बिधालयलाई माथी उठाउन मद्दत मिल्ने विश्वास व्यक्त गरेका छन् । उनले बिधालयलाई अब्बल बनाउन अभिभावकहरुको भुमिका महत्त्वपूर्ण हुने बताएका छन् ।
बिधालयले आर्थिक वर्ष २०८१/०८२ को दुई करोड ३१ हजार एक सय ५५ रुपैयाँ बराबरको आयव्यय प्रस्तुत गरेको छ । बिधालयले पाँच लाख ७९ हजार चार सय ८१ रुपैयाँ बचत देखाएको छ । जसमा गतवर्षको बैंक मौज्दात ८ लाख ५९ हजार तीन सय १७ रुपैयाँ, टीकापुर नगरपालिकाको अनुदान एक करोड ८८ लाख ८९ हजार पाँच सय ४२ रुपैयाँ र बिधालयको आन्तरिक आम्दानी तर्फ दुई लाख ८२ हजार दुई सय ९५ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख गरेको छ । बिधालयले सामाजिक परिक्षण मुल्यांकन समितिबाट १०० मा ८४ अंक प्राप्त गरेको छ ।
कार्यक्रममा टीकापुर नगरपालिका शिक्षा समितिमा सदस्य जोगी रावल, बिधालय व्यवस्थापन समितिका सदस्य नवराज पौडेल लगायतले बोलेका थिए । बिधालयका प्रधानाध्यापक बुद्धिराम चौधरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सीताराम चौधरीले गरेका थिए ।










