शेयर सदस्यलाई ह्विल चियर वितरण

शेयेर गर्नुहोस

टीकापुर ०४ मंसिर /
टीकापुर नगरपालिका वडा नं. ७ स्थित सामुदायिक सहकारी संस्थाले तीनजना शारीरिक अपांगता भएका शेयर सदस्यलाई ह्विल चियर वितरण गरेको छ ।
शारीरिक रुपमा अशक्त भएर हिडडुल गर्न नसक्ने शेयर सदस्यहरुलाई सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत ह्विल चियर वितरण गरेको हो । सहकारीका व्यवस्थापक दिपक वैद्यका अनुसार भजनी नगरपालिका वडा नं. ८ सोन्चिरिया डगौरा थरुनी टीकापुर नगरपालिका वडा नं. ७ का दुर्गाप्रसाद जैशी र वडा नं. ८ का बुदना चौधरी सामाजिक उत्तरदायीत्व अन्तर्गत ह्विल चियर वितरण गरिएको छ ।
सहकारीका अध्यक्ष पलबहादुर बस्नेतले सहकारीमा शेयर सदस्य राहत कोष निर्माण गरिएको बताउँदै त्यसबाट बर्सेनि शेयर सदस्यलाई लाभान्वित हुने गरी कार्यक्रम सञ्चालन गरिँदै आएको बताएका छन् । उनले सहकारीमा आम्दानीको भएको रकमबाट ९ प्रतिशत सो कोषमा जम्मा गरिँदै आएको बताए । त्यतिमात्र नभई शेयर सदस्यलाई रोगको प्रकृति हेरेर उपचार खर्च बापत १० हजार रकम उपलब्ध गराउँदै आएको पनि अध्यक्ष बस्नेतले बताए ।
गत वर्ष ४ जनालाई सहयोग गरिएको थियो । सामाजिक क्षेत्रमा सहकारीले काम गर्दै आएको भन्दै अध्यक्ष बस्नेतले टीकापुर नगरपालिका वडा नं. ७ सत्तिमा र भजनीमा यसवर्ष स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी भैरहेको बताएका छन् । सहकारीले मोबाइल बैंककिङ्ग पनि सुरु गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *