शेयेर गर्नुहोस
टीकापुर १९मंसिर/
जानकी गाउँपालिका अध्यक्ष गणेश चौधरीले बच्चाको भविष्यको लागि स्वास्थ्य स्वयंसेविकाको भुमिका महत्वपूर्ण रहेको बताएका छन् ।
राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा शुक्रवार भएको कार्यक्रममा अध्यक्ष चौधरीले जन्मिने बच्चाको भविष्यको लागि महिला स्वास्थ्य स्वयंसेविकाको भुमिका महत्त्वपूर्ण रहेको बताएका हुन । उनले पालिकाले शिक्षा र स्वास्थ्यमा लगानी गरिरहेको हुनाले नितिगत रुपमा रहेर स्वयंसेविकाको सेवाको सम्मान गर्ने बताएका छन् ।
“गाउँघरमा सबैभन्दा नजिकको चिकित्सक नै महिला स्वास्थ्य स्वयंसेविकाहरु हुनुहुन्छ । आजभन्दा केही वर्ष अगाडि झनै बढी थियो ।” अध्यक्ष चौधरीले भने, “अहिलेसम्म पनि बच्चाकको भविष्यको लागि स्वयंसेविकाको भुमिकालाई वर्णन गरेर साध्य छैन ।” गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा १० जना उत्कृष्ट महिला स्वस्थ्य स्वयंसेविकालाई सम्मान र ४ जनालाई अवकाश प्रदान गरिएको छ ।
महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका समितीका संयोजक लालमती कठरियाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशाकिय भानुभक्त भट्ट, वडा अध्यक्षहरु कार्यपालिका सदस्य, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा स्वस्थ्य सचेतनामुलक नृत्य समेत प्रस्तुत गरिएको थियो ।






