शेयेर गर्नुहोस
टीकापुर २१ पुस /
टीकापुर नगरपालिकालाई विपद व्यवस्थापन सम्बन्धि सामाग्री हस्तान्तरण गरिएको छ ।
मोफा जापान, वल्डभिजन जापानको आर्थिक सहयोगमा वल्ड भिजन इन्टरनेसनल नेपालको संयुक्त साझेदारीमा सामाजिक विकासका लागि सचेत समाज (सिएसएडी) कैलाली द्वारा संचालित सिबियुआरआर परियोजना अन्तरगत टीकापुर नगरपालिकाको आपत कालिन कार्य संचालन केन्द्रलाई विपद व्यवस्थापनका लागि आवश्यक सामाग्री वितरण गरिएको हो ।
नगरपालिकालाई चार लाख ७९ हजार दुई सय ९८ रुपैया बराबरको सामाग्रीहरु टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन धिताललाई सिएसएसडी कैलालीका परियोजना संयोजक रजनी चाैधरीले हस्तान्तरण गरेकी हुन । सामग्री ग्रहण गर्दै प्रमुख प्रशासकीय अधिकृत धितालले सहयोगी संस्थालाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै सहयोग र समन्वयको अपेक्षा गरेको बताए ।






