शेयेर गर्नुहोस
टीकापुर २२ पुस /
जानकी गाउँपालिका अध्यक्ष गणेश चौधरीले शिक्षाको माध्यमबाट बालबालिकालाई राम्रो बनाउन पालिका प्रयासरत रहेको बताएका छन् ।
जानकी गाउँपालिका वडा नं. ६ स्थित महेन्द्र शिशु माध्यमिक विद्यालय धर्मापुरको पुस्तकालय समुद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले यस्तो बताएका हुन । “पालिकाले लगानी गरिरहेको सामुदायिक विद्यालयमा विद्यार्थी नभई भवन मात्र रहने चुनौती छ ।” उनले भने, “ती भवन पुर्ण रुपमा प्रयोगमा ल्याउनका लागि र बालबालिकालाई राम्रो बनाउनका लागि हामी प्रयासरत छौँ ।”
अध्यक्ष चौधरीले विद्यालय राम्रो बनाई सुविधा लिनका लागि सबैको साथ सहयोग रहनुपर्ने बताएका छन् । रुपा रेलिया फाउण्डेसनको सहयोग, गगन फाउण्डेसनका संस्थापक तथा संरक्षक हिक्मत थापाको संयोजन र नेपाल लाइब्रेरी फाउण्डेसनको प्राविधिक सहयोगमा बनेको डिजीटल पुस्तकालय निर्माण भएको थियो । पुस्तकालयमा हाल चार हजार थान पुस्तक रहेका छन् ।
कार्यक्रममा बिधालयका प्रधानाध्यापक खगेन्द्र प्रसाद उपाध्यायले बिधालयलाई निकै आवश्यक रहेको पुस्तकालय निर्माणमा सहयोग गर्ने सहयोगी दातालाई धन्यवाद व्यक्त गरेका छन् । उनले आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा बिधालयले गरेको बताए ।










