शाहीले सार्वजनिक गरे चुनावी घोषणापत्र

शेयेर गर्नुहोस


टीकापुर २९ माघ /
फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजेन्द्र बहादुर शाहीले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् ।
कैलाली क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारी दिएका शाहीले निर्वाचन लक्षित आफ्ना योजना तथा प्रतिबद्धता घोषणापत्र मार्फत सार्वजनिक गरेका हुन । अनार चुनाव हिन्ह लिएर उम्मेदवार बनेका उनले शिक्षालाई आधुनिक र प्राविधिकमा जोड्ने योजना अगाडि सारेका छन् । सुलभ र विशेषज्ञ सेवा सहितको स्वास्थ्य क्षेत्रको विकास शाहीको एजेण्डामा रहेको छ । खानेपानीलाई स्वच्छ र सुरक्षितसँग जोड्दै शाहीले खेलकुदको प्रवर्द्धन सहित आवश्यक पुर्वाधार निर्माणमा विशेष जोड दिने बताएका छन् ।
आधुनिक कृषि र व्यावसायिकिकरणमा जोड दिँदै व्यावसायिकता र बजारीकरण आफ्नो प्राथमिकतामा हुने बताएका छन् । धार्मिक तथा साहसिक पर्यटन विकास योजना चुनावी एजेण्डा बनाएका शाहीले एकीकृत वनकुञ्ज सफारी सहितको पर्यटन सर्किट निर्माण गर्ने उद्घोष गरेका छन् । गुणस्तरीय र समावेशी भौतिक निर्माण आफ्नो प्राथमिकतामा पर्ने बताएका शाहीले राष्ट्रिय गौरवका आयोजना मार्फत उत्तर-दक्षिण जोड्ने रणनीतिक पूर्वाधार निर्माण सहित खक्रौला टीकापुर लम्कीसम्मको कर्णाली नदीसँग जोड्दै व्यापरिक करिडोरको रुपमा विकास गर्ने बताएका छन् ।
व्यापार सहजताको लागि क्वारेन्टाइन सहितको भन्सार सुदृढीकरण प्राथमिकतामा राखेको उनले जानकारी दिएका छन् । स्वदेशमै अवसर सहितको युवा स्वरोजगार, सुशासन र पहिचान सहितको जनताको सरकारको अनुभुती, विद्युत् र ऊर्जामा ज्यालो र सुरक्षित क्षेत्र निर्माण अगाडि सारिने बताएका छन् । भूमि सुधार तथा व्यवस्थापनको स्थायी समाधान, ग्रीन सिटी टीकापुरलाई स्वच्छ र सुन्दर शहर बनाउनुका साथै, सामाजिक सुधार र जनचेतना सहितको सभ्य समाजको निर्माण आफ्नो प्राथमिकतामा रहेको शाहीले बताएका छन् ।

Comments 1

  1. This article is really well-written and informative. The site is super useful and I keep coming back for more
    content like this.

Leave a Reply

Your email address will not be published. Required fields are marked *