थारुलाई समर्थन गर्दै भट्टराईको उम्मेदवारी निष्क्रिय

शेयेर गर्नुहोस


टीकापुर १० फागुन /
कैलाली क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारी दिएका सत्यनारायण भट्टराईले आफ्नो उम्मेदवारी निष्क्रिय गरेका छन् ।
फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका भट्टराईले आफ्नो उम्मेदवारी निष्क्रिय गरेका हुन । उनले नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेका रामलाल डगौरा थारुलाई समर्थन गर्दै उम्मेदवारी निष्क्रिय गरेको बताएका छन् । उनले भदौ २३ र २४ गतेको घटनाको मुख्य जिम्मेवार दलकाबाट उम्मेदवार बनेका व्यक्तिलाई फाइदा पुग्ने भएपछि आफ्नो उम्मेदवारी निष्क्रिय बनाएको बताएका छन् ।
उनले आफुलाई साथ समर्थन र विश्वास गर्ने सबै मतदाता तथा शुभेच्छुकलाई थारुलाई सहयोग गर्न अपिल समेत गरेका छन् । “मैले २३ र २४ गतेको आन्दोलनको उपलब्धिलाई रक्षा गर्दै जनताको निरासालाई मर्न नदिनको लागि उम्मेदवारी दिएको थिए ।” उनले भने, “मेरो उम्मेदवारीले त्यो आन्दोलनका मुख्य जिम्मेवार व्यक्तिहरुलाई फाइदा हुने भएपछि उम्मेदवारी निष्क्रिय पारेर थारुलाई समर्थन गरेको हुँ ।”
यसभन्दा पहिले अर्का स्वतन्त्र उम्मेदवार तपेन्द्र शाहले पनि थारुलाई समर्थन गर्दै उम्मेदवारी निष्क्रिय पारेका थिए ।

ताजा खबर

भजनीको बजेट ७० करोड

विपद सम्बन्धि अन्तरक्रिया

४९ जनालाई पुरस्कार वितरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *