औषधिजन्य फोहोरले ठूलो जोखिम बढाउँदै

शेयेर गर्नुहोस


टीकापुर ०३ चैत /
टीकापुर बजार क्षेत्रमा रहेका औषधि पसलबाट निस्कने फोहोरले ठूलो दुर्घटना निम्त्याउन सक्ने जोखिम बढेको छ ।
बजारमा रहेका औषधि पसल तथा क्लिनिकहरुबाट निस्कने सुइ तथा अन्य फोहोरले ठूलो दुर्घटना निम्त्याउन सक्ने जोखिम बढेको हो । औषधि पसलहरुले फोहोरको वर्गीकरण गरेर त्यसको उचित व्यवस्थापन गर्न नसकेका कारण टीकापुर नगरपालिकाका फोहोर संकलन गर्ने कर्मचारीमा जोखिम बढेको बताइएको छ । “औषधि पसलले क्लिनिक समेत सञ्चालन गरिरहेको र त्यहाँबाट प्रयोग भएका सुइ तथा अन्य ब्लेड जस्ता उपकरण अन्य सामान्य फोहोर जस्तै एउटै ठाउँमा फाल्ने गरेको पाइएको छ ।” नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन धितालले भने, “हाम्रो कर्मचारी हातमा पञ्जासम्म प्रयोग नगरी फोहोर संकलन गर्ने हुँदा त्यस्ता सुइले घोच्ने, ब्लेडले काट्ने जस्ता जोखिम देखिएका छन् । यो निकै चिन्ताको विषय हो ।”
उनले अस्पतालबाट निस्कने फोहोरको वर्गीकरण गरेर राख्न आग्रह गरेका छन् । अन्य फोहोर भन्दा अस्पताल, क्लिनिकबाट निस्कने फोहोर स्वास्थ्यका दृष्टिकोणले निकै घातक हुने बताउँदै धितालले व्यक्तिगत फाइदालाई मात्रै नहेरी अन्य मानिसको जनजीवनलाई समेत ध्यान दिन भनेका छन् । नगरपालिकासँग त्यस्तो फोहोर निर्मुलिकरण गर्ने संयन्त्र नभएको उल्लेख गर्दै टीकापुर अस्पतालले सञ्चालन गरेको फोहोर व्यवस्थापन केन्द्रसँग सहजीकरण गरेर औषधि पसल, निजि क्लिनिकबाट निस्केको फोहोर व्यवस्थापन गर्न आग्रह गरेका छन् । त्यसमा अस्पताललाई पनि लचिलो बन्न प्रमुख प्रशासकीय अधिकृत धितालले आग्रह गरे ।
टीकापुर नगरपालिकालाई फोहोर व्यवस्थापन निकै टाउको दुखाइको विषय बन्दै आएको छ ।

ताजा खबर

सुर्यनगरको अध्यक्षमा नाथ

फुटबल प्रतियोगिता सुरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *