शेयेर गर्नुहोस
टीकापुर ११ चैत /
समुदायमा आधारित विपद् जोखिम न्यूनीकरण परियोजना स्थानीय परियोजना सल्लाहकार समिति बैठक तथा अनुगमन कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
मोफा जापान वर्ल्ड भिजन जापानको आर्थिक सहयोग वर्ल्ड भिजन इन्टरनेसनल नेपाल र सामाजिक विकासका लागि सचेत समाज धनगढीको संयुक्त साझेदारीमा संचालित समुदायमा आधारित विपद् जोखिम न्यूनीकरण परियोजना अन्तरगत टीकापुर नगरपालिकामा स्थानीय परियोजना सल्लाहकार बैठक सम्पन्न भएको हो । कार्यक्रममा
टीकापुर नगरपालिका वडा नं. ७ बैदी समुदायमा निर्माण सम्पन्न भएको बहुउद्देश्यीय समावेशी सुरक्षित आश्रयस्थलको पक्की भवनको समेत अनुगमन गरिएको छ । जुन भवनको कुल लागत एक करोड २१ लाख ८१ हजार ९ सय २९ रुपैयाँ ६ पैसा रहेको छ । जसको कुल लागतबाट एक लाख २२ हजार ८ सय तीम रुपैयाँ बराबरको खोज उद्वार तथा अन्य व्यवस्थापन सामाग्री खरिद गरिएको छ ।
गैरसरकारी संघसंस्थाहरुले विपदका समयका लागि समुदायमा विभिन्न कामहरु गर्दै आएको छ । त्यस्तै गैरसरकारी संघसंस्थाले जिविको पार्जन गर्न सहज होस् भनी जिविको पार्जन सम्बन्धि पनि काम गर्दै आएको छ । उच्च भवनको अवलोन गर्दै टीकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख राम बहादुर नागर्जिले सरकारले गर्नु पर्नुपर्ने काम आज गैरसरकारी संघसंस्थाहरुले गरिदिएकोमा धन्यवाद दिदै भोलिका दिनमा उच्च घरलाई आवश्यक पर्ने सामग्रीका लागि टीकापुर नगरपालिकाले सम्वन्य गर्ने बताएका छन् ।
कार्यक्रममा टीकापुर नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष यज्ञप्रसाद न्याैपानेले वडा नं. ७ बैदी समुदायमा निर्मित उच्च घरको संरक्षणका निमित्त संस्थासँग ट्राफ्ट बनाएर संचालन गर्नु पर्ने र उच्च घरको संरक्षणमा सरकारको भन्दा बढी भुमिका समुदायले राख्नु पर्ने बताएका छन् । उनले भवन निर्माण सम्पन्न भएको करिब एक वर्ष भइसक्दा पनि उच्च घरमा विधुत चडान गर्नका लागि वडाबटा १५ हजार रकम छुट्याइएको समेत बताएका छन् । त्यस्तै टीकापुर नगरपालिका वडा नं. ४ वडा अध्यक्ष लालवीर चाैधरीले निर्माण निर्माण सम्पन्न उच्च घरको संरक्षणको विषयलाई लिएर त्यसको संरक्षण जिम्मा समुदाय आफैले गर्दा उचित रहने र सरकारको संरक्षणमा रहदा केही गैरजिम्मेवार व्यक्तिहरुले सरकारी सम्पत्ति हो भनी हानीनोक्सानी गर्ने सम्भावना बढी रहने समेत बताएका छ ।
परियोजनाकै सहयोगमा कृषि खेती गर्दै आएका टीकापुर नगरपालिका वडा नं. ८ विजय चाैधरी विगत २० वर्षदेखि कृषि खेतीमा आवद्ध छन् । उनले परियोजनाको सहयोगले काम गर्न सहज भएको बताउँदै यस्तै यस्तै परियोजना कार्यक्रमहरु दोहोरिएको भए खुशी हुने बताए । उनले अहिले करिब १२ कट्टामा तर्भुज, ५ कट्टामा टमर, २ कट्टामा खुर्सानी गरि अन्य तरकारी खेती गर्दै आएको बताएका छन् । कार्यक्रममा टीकापुर नगरपालिका लेखा अधिकृत लक्ष्मी ओडले परियोजनाले गरेका सम्पुर्ण काम सम्मान जनक रहेको बताउँदै आगमी दिन पनि परियोजनालाई साथ सहयोग रहने समेत बताएकी छन् ।
त्यस्तै कार्यक्रममा सिएसएसडी कि प्रोजेक्ट कोडीनेट रजनी चाैधरीले परियोजना तेस्रो वर्षको अन्तिम चरणमा रहेको बताउँदै उनले आर्थिक वर्ष २०२५/०२६ मा संस्थाले गरेका कार्यक्रमको मुख्य उपलब्धि सार्वजनिक समेत गरेकी छन् । जस्मा बहुउद्देश्यीय समावेशी सुरक्षित आश्रय भवन र LEOC भवन निर्माण तथा हस्तान्तरण, LEOC सुदृढिकरणका लागि सामाग्री प्रदान, १२ वटै सामुदायिक विपद् व्यवस्थापन समितिको समिति गठन र परिचालन तथा आपतकालीन कोष संचालन निर्देशिका तयारी र हस्तान्तरण, २ वटा समुदायमा सुरक्षित पशु आश्रय स्थल निर्माण, समुदायलाई विपद् उत्थानशील पूर्वाधार र राष्ट्रिय भवन संहिता बारे सचेतना, विद्यालय स्तरमा विपद् पूर्वतयारी र प्रतिकार्यका लागि सचेतना प्रदान, सहभागितामूलक योजना तर्जुमा प्रक्रिया सम्बन्धी क्षमता अभिवृद्धि प्रदान, कृषक सिकाई केन्द्र (डेमो प्लट), कृषक समूह र रुपान्तरणकारी बचत समूह अनुगमन, मार्गदर्शन र स्थायीकरण लगायत रहेका छन् । साथै परियोजनाले मंगलबार भजनी नगरपालिकामा पनि अवलोकन गरेको थियो ।







