शेयेर गर्नुहोस
भजनी २५ चैत /
भजनी नगरपालिका वडा नं. १ मा रहेको ए. टि. एस एकेडेमीले विद्यार्थीहरुलाई विभिन्न विद्यामा पुरस्कार वितरण गरेको छ ।
चालू शैक्षिकसत्रको वार्षिक परिक्षाको नतिजा सार्वजनिक सहित एकेडेमीले विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको हो । एकेडेमीमा अध्ययनरत विद्यार्थी, शिक्षक, अभिभावक, सरोकारवाला व्यक्ति तथा शिक्षाप्रेमि लगायतको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको एकेडेमीका संस्थापक तथा प्रधानाध्यापक सुरेश जैशीले जानकारी दिएका छन् ।
भजनी क्षेत्रको शैक्षिक विकासमा एकेडेमीले एक इट्टा थप्ने काम गरेको बताउँदै विद्यार्थीहरुलाई सर्वसुलभ रुपमा गुणस्तरीय शिक्षा उपलब्ध गराउने आफ्नो प्रमुख उद्देश्य रहेको जैशीले जानकारी दिएका छन् । उनले अभिभावकको विश्वास, बिद्यार्थीको मिहिनेत, शिक्षकहरुको लगनशीलताका कारण शिक्षामा एकेडेमीले एउटा उचाई हासिल गर्दै आएको उल्लेख गरेका छन् ।









