शुल्क नतिर्दा परिक्षा रोकियो भनिएकी छात्राको परिक्षा भोलिबाट

शेयेर गर्नुहोस


टीकापुर १३ वैशाख /
प्रवेश पत्र नपाएर विद्यार्थीको परिक्षा रोकियो भन्ने खबर अपुष्ट भएको पाइएको छ ।
टीकापुर स्थित खड्ग मेमोरियल इङलिस बोर्डिङ स्कुलले कक्षा १२ मा अध्ययनरत छात्रा छाया चौधरीले बिधालयको शुल्क नतिरेकोले प्रवेश पत्र नदिएपछि परिक्षा रोकिएको खबर सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । उनको परिक्षा भोली अर्थात मंगलबारदेखि सुरु हुनेछ ।
बिधालयका प्रधानाध्यापक हिरण्ड प्रसाद शर्माले छाया चौधरी नियमित बिद्यार्थी नभई ग्रेड वृद्धि मार्फत परिक्षा दिने बिद्यार्थी भएकोले उनको परिक्षा भोलिदेखी मात्रै सुरु हुने बताएका छन् । “हामीसँग उहाँको अभिभावक प्रवेश पत्र लिन आउनुभएको थियो । हामीले शुल्कको कुरा उठाएपछि उहाँ जानुभयो ।” प्रधानाध्यापक शर्माले भने, “शुल्क नतिरेकै भरमा कसैको परिक्षा हामी रोक्दैनौं र रोक्न पनि हुँदैन ।”
प्रधानाध्यापक शर्माले छाया चौधरीले कक्षा १२ को परिक्षा गतवर्ष नै दिनुपर्ने भए पनि परिक्षा फारम समेत नभरेपछि यसवर्ष उनले ग्रेड वृद्धि परिक्षाका लागि फारम भरेको बताएका छन् । छात्रा चौधरीका बुवा रामकृष्ण चौधरीले अन्जानमा गल्ती भएको स्विकार गरेका छन् । उनले सबैको परिक्षा आजबाट सुरु भएपछि आफुले पनि छोरीको परिक्षा पनि आजैबाट हो भन्ने सोचाइले समस्या भएको बताए । चौधरीले बिधालयको शुल्क तिर्ने बताएका छन् भने छात्रा छाया चौधरीले बिधालयबाट प्रवेश पत्र समेत पाइसकेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *