शेयेर गर्नुहोस
पदमराज जैशी, भजनी ०३ असोज /
गेटा आँखा अस्पतालले उपचार केन्द्रवाट प्रदान गरिदै आएको सम्पूर्ण सेवाहरु भजनी प्राथमिक स्वास्थ्य केन्द्रबाट प्रवाह हुने भएको छ ।
भजनी नगरपालिकामा विगत केही वर्ष देखि गेटा आँखा अस्पतालले भाडामा भवन लिएर दिँदै आएको सेवा शनिबारदेखी भजनी प्राथमिक स्वास्थ्य केन्द्रबाट प्रवाह हुने भएको हो । नगरपालिका र गेटा आँखा अस्पताल र भजनी प्राथमिक स्वास्थ केन्द्र भजनी आपसी सम्झदारीमा केन्द्रमा रहेको प्रयोगमा नआएको भवनमा स्थानीय सरकारले कार्यपालिकाबाट भवन प्रयोगका लागि दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्टले जानकारी दिएका छन् ।
गेटा आँखा अस्पतालका व्यवस्थापन समिति अध्यक्ष यज्ञराज चौधरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नगरपालिका नगर प्रमुख केवल चौधरी, विशिष्ट अथिति नगर उपप्रमुख राजु तिरुवा,गेटा आँखा अस्पताल निर्देशक सुजाता भण्डारी, केन्द्रीय नेत्र जोति संघ गेटा आँखा अस्पतालका सदस्य नेरेन्द्र शर्मा, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोजराज भट्ट लगायतको उपस्थिति रहेको थियो ।
सेवाको सुभारम्भ गर्दै नगर प्रमुख चौधरीले आँखाका बिरामीले बाहिर गएर सेवा लिनुपर्ने बाध्यताको अन्त गर्नकै लागि सेवालाई व्यवस्थित गरिएको बताएका छन् । उनले आर्थिक अभावका कारण कसैले पनि आँखाको ज्योति गुमाउन नपर्ने भन्दै प्राथमिक स्वास्थ्य केन्द्रबाट नि:शुल्क सेवा प्रवाह गरिने बताएका छन् । अस्पतालका अध्यक्ष चौधरीले नगरपालिकासँगको समन्वयले सेवा विस्तार गर्न पाएकोमा खुसी व्यक्त गर्दै विपन्न नागरिकहरूलाई स्थानीय स्तरमै सेवा प्रवाह गर्नु आफुहरुको प्रमुख उद्देश्य रहेको बताएका छन् । सेवा विस्तारसँगै दुईदिने नि:शुल्क आँखा शिविर पनि सञ्चालन भएको छ ।










