शेयेर गर्नुहोस
टीकापुर ३१ वैशाख /
माद्यामिक शिक्षा परिक्षा एसईईको २०८२ को नतिजामा टीकापुर नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत तर्फ त्रिभुवन माद्यामिक बिधालय मौरनिया सबैभन्दा कम्जोर देखिएको छ ।
नगरपालिकाको वडा नं. ५ मौरनियामा रहेको त्रिभुवन माद्यामिक बिधालयबाट २०८२ को एसईई परिक्षामा सहभागी १३ जना विद्यार्थी मध्ये एकजना मात्रै पास भएका छन् । त्यसैगरी वडा नं. ७ स्थित जनता राष्ट्रिय माद्यामिक बिधालय सुनाफाँटाले २१ जना बिद्यार्थी मध्ये दुईजनालाई उतिर्ण गराउन सफल भएको छ । सामुदायिक बिधालय तर्फ प्रतिशतमा हेर्दा ७५ प्रतिशत विद्यार्थी जनजागृती माद्यामिक बिधालय सीतापुरबाट उतिर्ण भएका छन् । जहाँबाट ६९ जनाले परिक्षा दिएका थिए भने ५२ जना उतिर्ण भएको नगरपालिकाले जनाएको छ ।
नगरपालिका भित्र २०८२ को एसईई परिक्षामा शतप्रतिशत सगुन बिद्या निकेतनले नतिजा ल्याएको छ । सगुन बिद्या निकेतनबाट एसईईमा सहभागी ९ जना विद्यार्थी नै उतिर्ण भएका छन् । नगरपालिकाले सार्वजनिक गरेको तथ्यांकअनुसार सामुदायिक तर्फ कर्णाली नमुना माद्यामिक बिधालयबाट तीन सय ३९ जना विद्यार्थी सहभागी भएकोमा एक सय ९५ जना उतिर्ण भएका छन् । खड्ग स्मृति माद्यामिक बिधालयबाट एक सय ६५ जना विद्यार्थी एसईई परिक्षामा सहभागी हुँदा ९७ जना उतिर्ण भएका छन् ।
संस्थागत तर्फ सबैभन्दा बढी बिद्यार्थी रहेको आरएमई स्कुलबाट एक सय ३२ जना परिक्षामा सहभागी भएका थिए । जसमध्ये एक सय २३ जना उतिर्ण भएका छन् ।
सामुदायिक बिधालयको भन्दा संस्थागत बिधालयको नतिजा राम्रो देखिएको छ । नगरपालिकाबाट एक हजार ६ सय ७ जना विद्यार्थी परिक्षामा सहभागी हुँदा ९ सय ८८ जना विद्यार्थी उतिर्ण भएका छन् । जुन ६१ दशमलव ४९ प्रतिशत हुन आउँछ । गतवर्षको बन्दा यसवर्षको नतिजा सुधार देखिएको छ ।










