प्रदेशमा सशस्त्रको नयाँ बिपद ब्यवस्थापन बेस थपियो

शेयेर गर्नुहोस


पदमराज जैशी, ०५ असार /
विपद् व्यवस्थापन तथा उद्दार कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले सशस्त्र प्रहरी बल, नेपालले स्थापना गरेको विपद् व्यवस्थापन वेशको एक विशेष समारोहका बीच उद्घाटन गरिएको छ । डोटीको जोरायल गाउँपालिका वडा नं. २ , वुडरमा स्थापना गरिएको उक्त वेशको सशस्त्र प्रहरी बल, नेपाल नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय, अत्तरीया, कैलालीका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दिग विजय सुवेदीले गरेका छन ।
यससँगै सुदुर पश्चिम प्रदेशमा सशस्त्र प्रहरी वल, नेपालको बिपद ब्यवस्थापन बेसको संख्या तिन पुगेको छ । बुडर, डोटी संगै डडेल्धुरा सदरमुकाम र कैलालीको डुडेझारीमा बिपद ब्यवस्थापन बेस स्थापना भैसकेका छन् । उक्त अवसरमा प्रमुख अतिथि सुवेदीले विपद्को समयमा प्रत्येक पल महत्वपुर्ण हुने उल्लेख गर्दै नव स्थापित विपद् व्यवस्थापन वेशले तयारी, उद्दार तथा राहत कार्यलाई थप तिव्र, प्रभावकारी र परिणाममुखी बनाउने विश्वास व्यक्त गरे । नायव महानिरिक्षक सुवेदीले सशस्त्र प्रहरी बल, नेपाल नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीमा तालिम प्राप्त गोताखोर र सवै जिल्लाहरुमा तालिम प्राप्त जनशक्ती तैनाथ गरिएको बताए ।
प्रमुख अतिथी सुवेदीले सुरक्षा यूनिट स्थापना संगै स्रोत साधनयुक्त समेत बनाउनु पर्नेमा जोड दिए । त्यसका लागी स्थानिय सरकार र प्रदेश सरकारको साझा क्षेत्राधिकार भएकोले सबै तहको उत्तिकै सहयोग र समन्वयको आबश्यक रहेको बताउदै सशस्त्र प्रहरी नायव महानिरिक्षक सुबेदीले सशस्त्र प्रहरी वल, नेपालले तयार गरेको समुदाय विपद् स्वयं सेवक र विपद सुचकहरुलाई सस्थागत गरि सबै निकायहरुले अपनत्व लिई समन्वयात्मक रुपमा कार्य गर्न सकिएमा मात्र विपद् उद्दार प्रभावकारी हुने बताए ।
उद्‍घाटन समारोहमा बिशिष्ठ अतिथी जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गा दत्त ओझाले स्रोत साधनको अभाव हुन नदिने बताउदै समन्वयात्मक रुपमा कार्य गरिने बताए । सशस्त्र प्रहरी वल, नेपालले विभिन्न पालिकाहरुमा समुदाय विपद स्वयं सेवक तालिम तथा पानिजन्य विपद सम्बन्धी सिमुलेसन कृत्रिम घठना अभ्यास संचालन गर्दै आईरहेको छ । गत जेष्ठ २९ चिसापानी कर्णाली नदीमा बृहत सिमुलेसन अभ्यास संचालन सशस्त्र प्रहरी वल, नेपालको संयोजनमा सम्पन्न भएको थियो ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *