उन्नत साना किसानको सम्पत्ति झण्डै साढे तीन करोड

शेयेर गर्नुहोस


टीकापुर १८ असोज /
उन्नत साना किसान कृषि सहकारी संस्था लिमिटेडको कुल सम्पत्ति तीन करोड ४७ लाख २३ हजार पाँच सय ६५ रुपैयाँ पुगेको छ । सहकारी संस्थाको शेयर पुँजी ३३ लाख ९४ हजार एक सय पुगेको छ । चार सय ८९ जना महिला र एक सय ३९ जना पुरुष गरी ६ सय ३७ जना शेयर सदस्य सरकारीमा आबद्ध रहेका छन् । दुई करोड ९४ लाख दुई हजार ८ सय ७५ रुपैयाँ सहकारीले कर्जा लगानी गरेको छ भने एक करोड पाँच लाख ७४ हजार एक सय ४० रुपैयाँ निक्षेप बचत रहेको बताइएको छ । सहकारी संस्थामा एक हजार एक सय ३५ वटा बचत खाता खोलेको सहकारी संस्थाका प्रबन्धक कमलबहादुर ठकुल्लाले जानकारी दिएका छन् ।
सहकारी संस्थाले आर्थिक वर्ष २०८२/०८३ मा २४ लाख २० हजार ७ सय ६० रुपैयाँ आम्दानी गर्दा १८ लाख ५४ हजार ८ सय ८९ रुपैयाँ खर्च गरिएको छ । सहकारीले चार लाख ६५ हजार ८ सय ७१ रुपैयाँ खुद नाफा हासिल गरेको छ । सहकारीले आर्थिक वर्ष २०८१/०८२ मा दुई लाख ३७ हजार ७ सय ७६ रुपैयाँ खुद नाफा कमाएको थियो ।
सहकारी संस्थाका अध्यक्ष लालबहादुर साउँदको अध्यक्षतामा भएको ११ औं वार्षिक साधारण सभामा बोल्दै टीकापुर नगरपालिका कृषि शाखा प्रमुख टोप बहादुर विष्टले सहकारीले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर शेयर सदस्यलाई कृषिबाट आत्मनिर्भर बनाउनतर्फ अग्रसर भएको देख्दा खुशी व्यक्त गरे । उनले कृषि क्षेत्रबाट नै देशको समृद्धि सम्भव हुने बताए । सहकारी संस्थाका उपाध्यक्ष देवानन्द रिमालले स्वागत गरेको कार्यक्रमको सञ्चालन सहकारी संस्थाका सचीव पदम प्रसाद सापकोटाले गरेका थिए ।
साधारण सभाको अवसर उत्कृष्ट कृषि समुहलाई सामग्री सहित सम्मान गरेको छ । जसमा उद्यमी महिला, वर्दादेवी, मगर र समृद्धि हरियाली उन्नत साना किसान कृषि समूह रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *