आज आउला त फैसला ?

शेयेर गर्नुहोस


टीकापुर २८ असार /
टीकापुर नगरपालिकाको कार्यवाहक नगर प्रमुखको आधिकारिकताको फैसला आज आउँदै छ ।
तत्कालीन कार्यवाहक नगर प्रमुख रामबहादुर नगार्जीलाई बहुमत कार्यपालिका सदस्यले हटाएर बलीराम चौधरीलाई कार्यवाहक नगर प्रमुखको जिम्मेवारी दिएपछि आधिकारिकता खोज्दै सर्बोच्च अदालत पुगेका नगार्जीले पेश गरेको मुद्दाको पेशी सर्दै आएको छ । असार ८ गतेका लागि तोकिएको पेशी असार २२ गतेका लागि सरेको थियो भने २२ गते पनि सर्वोच्चको हेर्न नभ्याइनेमा कार्यतालिकामा पुगेपछि २९ गते आजको लागि पेशी तोकेको छ ।
पछिल्लो समयमा नगरपालिकाको कार्यवाहक नगर प्रमुखको विवाद उत्कर्षमा पुगेको छ । कार्यवाहक नगर प्रमुख नगार्जी र प्रमुख प्रशासकीय अधिकृत सुमन धितालको विवाद छताछुल्ल भैसकेको छ भने कार्यपालिकाका सदस्य पनि एक ठाउँमा आउन सकेका छैनन् । नगरपालिकाले जेष्ठ नगर सभा सदस्य जयराम थारुको अध्यक्षतामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सहितको बजेट ल्याइसकेको छ ।
नगरपालिकाको कार्यवाहक नगर प्रमुखको टुंगो लागेपछि नगरपालिकाले निकास पाउने अपेक्षा गरिएको छ । अहिले नगरपालिका भित्र कर्मचारीमा पनि दुई भागमा विभाजित देखिन्छन् । एक पक्ष प्रमुख प्रशासकीय अधिकृत धितालबाट सन्तुष्ट छैन । जुन पक्ष कार्यवाहक नगार्जीसँग नजिक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *