स्रस्टा सम्मानबाट साधक सम्मानित

शेयेर गर्नुहोस


टीकापुर २९ असार /
सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान, धनगढीले नेपाली सङ्गीत क्षेत्रमा निरन्तर समर्पित रही पुर्‍याएको उल्लेखनीय योगदानको कदर गर्दै गायक तथा सङ्गीतकार वसन्त साधकलाई ‘स्रस्टा सम्मान – २०८२”  बाट सम्मान गरेको छ ।
आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीको अवसरमा प्रतिष्ठानद्वारा आयोजित विशेष समारोहमा उनलाई सम्मान–पत्रसहित उक्त सम्मान प्रदान गरिएको हो सम्मान–पत्रमा भाषा, साहित्य, कला तथा संस्कृतिको क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै विशेषगरी सङ्गीत साधना, सिर्जनात्मक योगदान तथा सामाजिक गतिविधिमार्फत समाजमा उल्लेखनीय योगदान पुर्‍याएको उल्लेख गरिएको छ ।
सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका कुलपति रामचन्द्र नेपालको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री बेलबहादुर राना मगर रहेका थिए । कार्यक्रममा साहित्यकार, कलाकार, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
सम्मान ग्रहणपछि गायक तथा सङ्गीतकार साधकले प्राप्त सम्मानले आफूलाई अझ जिम्मेवार र प्रेरित बनाएको बताउँदै नेपाली भाषा, कला, संस्कृति तथा सङ्गीतको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *