नेतृत्व क्षमता विकास तालिम शुरु

शेयेर गर्नुहोस


टीकापुर १७ साउन /
टीकापुर स्थित जनकल्याण बचत तथा ऋण सहकाकारी संस्था लिमिटेडमा सहकारी संस्था संचालन सम्बन्धि २ दिने नेतृत्व क्षमता विकास तालिम शनिवारदेखि शुरु भएको छ ।
संस्थाको नयाँ नेतृत्व विकास गर्ने उदेश्यले आयोजना गरिएको तालिममा राष्ट्रिय सहकारी बैंक लिमिटेडले प्राविधिक सहयोग गरेको छ । तालिममा राष्ट्रिय सहकारी बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख हिरा सुनारले सहजिकरण गरिरहनुभएको छ । संस्थाका उपाध्यक्ष मनोज कुमार साउँदको अध्यक्षतामा भएको तालिम उद्दघाटन कार्यक्रममा संस्थापक अध्यक्ष गणेश बहादुर साउँद प्रमुख अतिथि रहनुभएको थियो । व्यवस्थापक छबिलाल जैशीले संचालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य कोषाध्यक्ष धनञ्जय ढुंगानाले गर्नुभएको थियो । कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष बद्रि प्रसाद भट्राई लगायत पूर्व पदाधिकारीहरु, वर्तमान संचालक तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारी तथा सदस्यहरु, विभिन्न उपसमितिका पदाधिकारीहरु, शेयर सदस्यहरु तथा कर्मचारीहरु समेत ४० जनाको सहभागिता रहेको छ । तालिम आइतबार समापन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *